२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

१० पुष २०७५, मंगलवार ०५:३६

सुवास गौतम | पुस १०, गलकोट | दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा ९स्लेट० खानीबाट त्यहाँका स्थानीय ३५ जना युवालाई रोजगारी प्रदान गर्नुभएको छ । 

“विसं २०१७ देखि बाबु बाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको ढुङ्गा खानीलाई विसं २०७० देखि उद्योगका रुपमा विकास गरेको हुँ”, विश्वकर्माले भन्नुभयो, “समयको परिर्वतनसँगै ढुङ्गाको प्रयोग पक्की घरमा बिच्छाउने र छाप्ने कार्यमा प्रयोग भइरहेको छ ।” 

पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा निर्माण गरेका पक्की घरमा टास्ने, बिछ्याउने काममा प्रयोग हँुदै आएको विश्कर्माको भनाइ छ । विश्वकर्माले हाल ताराखोलामा ‘धौलागिरि एसटिएम ढुङ्गा उद्योग तथा इन्भेष्टमेण्ट कम्पनी’ दर्ता गरेर ढुङ्गा तथा ढुङ्गाबाट उत्पादन भएका टायल, मार्बललगायतका वस्तुको कारोवार गर्दै आउनुभएको छ । 

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा ९स्लेट० विकल्प बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ हुने बताइएको छ । 

ताराखोलामा उत्पादन भएको ढुङ्गा विशेषगरी घरको बाहिर टास्ने र विछ्याउने कार्यमा प्रयोग गर्दै आएका छन् । उद्योगबाट उत्पादन भएको ढुङ्गा सबैभन्दा बढी पोखरा खपत हुने गरेको धनबहादुरले बताउनुभयो । उहाँले पोखरापछि काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँबाट समेत ढुङ्गाको माग आउने गरेको छ । “ढुङ्गाको निकै माग आउने गरेको छ”, विश्वकर्माले भन्नुभयो, “कहिलेकाहीँ मागअनुसार उत्पादन गर्नै सकिँदैन ।” उहाँको आफ्नै पाखो बारीमा ढुङ्गाको खानी रहेको छ । 

उहाँको आधिकारिकरुपमा दर्ता भएको ताराखोलामा एक मात्र ढुङ्गा उद्योग हो । विश्वकर्माले ढुङ्गाको एक वर्गफिटको रु चार तथा निकासी कर गाउँपालिकालाई तिर्दै आउनुभएको छ भने नेपाल सरकारलाई भ्याट तथा खानी तथा भूगर्भ विभागलाई वर्षको रु एक लाख ५० हजार रकम तिर्दै आएको बताउनुहुन्छ । 

सबै खर्च कटाएर कूल आम्दानीको १२ प्रतिशत नाफा हुने विश्वकर्माको भनाइ छ । विश्वकर्माले उद्योगमा स्काभेटर, ढुङ्गा निकाल्ने मेशिन तथा विद्युतीय सामग्रीको सहायताले ढुङ्गा निकाल्दै आउनुभएको छ । ताराखोलाका स्थानीय खानी तथा उद्योगलाई केन्द्रीय विद्युत् आवश्यक भए पनि स्थानीय उत्पादित विद्युत् र जेनेरेटरको भरमा उद्योग सञ्चालन गर्नुपर्ने विश्वकर्माको गुनासो छ । 

ससाना ढुङ्गा उद्योग धेरै भए पनि प्रदेश सरकारको कार्यविधि नबन्दा दर्ता प्रक्रियामा लान नसकेको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिकाभित्र प्रशस्त घरेलु तथा साना उद्योग भएको हुँदा गाउँपालिकाले धेरै कर सङ्कलन गर्नसक्ने सम्भावना रहेको घर्तीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै