२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीका मुसहर बस्तीमा नयाँ घर बन्ने आस पलायो

१० पुष २०७५, मंगलवार ०५:५१

पुस १०, बर्दिवास | पातलो बोराले घेरिएको पालमा महोत्तरीका विभिन्न बस्तीमा बस्दै आएका मुसहरलाई अब आफ्नो नयाँ घर बन्ने आस पलाएको छ । 

प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्थलगत अनुगमन गरी जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन भवन चाँडै बन्ने आश्वासन दिएपछि मुसहरमा नयाँ घरमा बस्न पाइन्छ कि भन्ने आश पलाएको हो । “टहरा भत्काएर दुई वर्षदेखि पालमा बस्दै आएका छौँँ”, भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका जुडिया सादाले भन्नुभयो, “मन्त्रीको आश्वासनपछि नयाँ घर बन्ने आशा पलाएको छ ।” 

आइतबार राससले ‘घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । त्यही दिन मन्त्री यादवले भङ्गाहा नगरपालिकाका मुसहर बस्ती पुगेर ६० मुसहर पवरिवारलाई कम्बल वितरण गर्नुभएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत शहरी आवास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरको रेखदेखमा नयाँ घर बन्न थालेका हुन् । 

“घर बनाउन प्रक्रियागत त्रुटि भएकै हो, त्रुटि केलाएर प्रदेश सरकारले निर्माण प्रक्रिया अघि बढाउँछ”, मन्त्री यादवले भन्नुभयो । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुर र अन्य सम्बद्ध निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७३÷७४ र आव २०७४÷७५ मा गरी जनता आवास कार्यक्रमअन्तर्गत महोत्तरीमा एक हजार घर बनाउन प्रक्रिया अघि बढाएको हो । निर्माण प्रक्रिया झण्झटिलो भएकाले काम तीव्र गतिमा बढ्न नसकेको जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो