२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा विद्युत् महसुल काउण्टर नहुँदा नागरिकलाई सास्ती

२०७५, १० पुष मंगलवार ०७:४७

पुस १०, बैतडी । सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ । ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नकै लागि हजार बढी रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । 

जिल्लाका विभिन्न स्थानका नागरिकले ८० रुपैयाँ विद्युत्को बिल तिर्न दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । महसुल तिर्नका लागि सदरमुकाम र पाटनमा मात्रै व्यवस्था भएकाले महसुल तिर्नका लागि निकै झण्झट हुने गरेको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका हरिशनाथले बताउनुभयो । 

बैतडी सदरमुकामसम्म आवतजावत गर्न, खाना खर्चसहित ८० रुपैयाँ बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने नाथले बताउनुभयो । जिल्लाको डिलाशैनी, दोगडाकेदार, पाटन नगरपालिका–१० सुर्नया गाउँपालिकाका विभिन्न स्थानका नागरिकहरुले विद्युत बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

विद्युत् महसुल काउण्टर नजिक नभएकाले सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको सुर्नया गाउँपालिका–५ का दिपेन्द्रबहादुर बिष्टको गुनासो रहेको छ । विद्युत् महसुल सङ्कलनका लागि स्थानीयस्तरमै काउण्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो । 

महसुल काउण्टर स्थापनाका लागि प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै स्थापना गर्ने बताइएको छ । दुर्गम ठाउँका सेवाग्राहीका लागि तीन महीनाको एकैचोटी रिडिङ गर्ने र न्यूनतम शुल्क लिने गरी महसुल सङ्कलन गर्ने गरिएको छ उहाँले उहाँले भन्नुभयो,“सुरक्षा, भौगोलिक विकटता र कर्मचारीको अभावमा तत्कालै महसुल काउन्टर स्थापना हुने सम्भावना न्यून छ ।” महसुल तिर्नका लागि झण्झट भएको उपभोक्ताको गुनासो आए पनि जिल्लास्तरबाट कुनै पहल गर्न सकिएको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा