२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राम्री दुर्घटनास्थलमा मृत आत्माको शान्तिका लागी मन्दिर निर्माण गरिने

२०७५, १० पुष मंगलवार १३:०५

शंकर के सी । सल्यान, १० पुस । २३ जनाको ज्यान जानेगरि भएको दुर्घटना स्थल दाङ तुलसिपुर उपमहानगरपालिका ३ राम्रीमा विश्वकर्मा बाबाको मन्दिर निर्माण गरिने भएको छ । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको त्यस क्षेत्रमा सवारी दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति भएको र अझै दुर्घटनाको क्रम नरोकिएकाले मृतआत्माको शान्तिका लागि मन्दिर निर्माण गरेर पूजाआजा गर्ने भन्दै मन्दिर निर्माण कार्य सुरु गर्न लागीएको हो ।

डीएल डान्स एकाडेमी तुलसिपुर दाङले मन्दिर निर्माणका लागी पहल शुरु गरेको जनाएको छ । क्लवका अध्यक्ष द्रोण आचार्यले एकाडेमीको कोषमा रहेको केहि रकमबाट विश्वकर्मा बाबाको मन्दिर निर्माण कार्य यसै हप्तादेखि शुरु गरिने जानकारि गराए । मन्दिर निर्माणका लागी अन्य रकम विभिन्न सहयोगी दाताहरुबाट जुटाउने पनि अध्यक्ष आचार्यले जनाएका छन् ।

सडकको छेउमा निर्माण हुन लागेको सो विश्वकर्मा बाबाको मन्दिरमा शिलालेख राखिने र शिलालेखमा सहयोग गर्ने दाताहरूको नाम उल्लेख गर्ने डीएल डान्स एकाडेमीका कोषाध्यक्ष शरद शर्माले बताए । स्थानीयहरुले पटक पटक वर्षेनी राम्रीको क्षेत्रमा सवारि दुर्घटना हुने क्रम नरोकिनुमा कुनै मृत आत्माको त्यस स्थानमा बास रहेको बताउँछन् । मन्दिर निर्माण गरेर पुजाअर्चना गरेपछि मृत आत्माले शान्ति पाउने र अनिष्ट रोकिने स्थानीयहरुको विश्वास छ । यसका साथै साँघुरो सडक, ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले पनि दुर्घटना नरोकिएको भन्दै राज्यले सडकको स्थीती सुधार गर्न चासो देखाउनुपर्ने माग नागरिकहरुले गरेका छन् ।

कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय घोराहिका शिक्षक तथा विद्यार्थी चढेको गाडी गत शुक्रबार दुर्घटना भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाइते भएका थिए ।

अघिल्लो बर्ष पनि त्यहाँ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ त २५५८ नम्बरको ट्याक्टर रातिको समयमा पल्टीदा दुई जनाले ज्यान गुमाएका थिए ।

त्यसैगरी दुईबर्ष अघि पनि राम्रीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । त्यसको अघिलो बर्ष पनि सल्यानवाट दाङ जाँंदै गरेको जीप दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु भएको थियो । गएको असार १८ गते राती पनि यही ठाउँमा तरकारी बोकेको पिकप दुर्घटना हुँदा सल्यान बागचौर नगरपालिका ९ कोटमौला डाँगीगाउँ कमलपोखरीका ३५ वर्षीय गोरख डाँगीको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै