२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा स्वर्गीय कोईरालाको शोकसभा सम्पन्न

२७ माघ २०७२, बुधबार ०५:२०

सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस लालमटिया ईकाई कमिटीले शोकसभा सम्पन्न गरेको छ ।

पार्टी कार्यालय श्रीनारायण चोक मौरीघाटमा आयोजित शोकसभा स्वर्गीय कोइरालाको तस्विरमा सैयौले अबिर लगाएर माल्यार्पण गरेका थिए ।

ईकाई सभापति दुर्योधन पाण्डेको सभापतित्वमा भएको शोकसभामा नेपाली कांग्रेसका सांसद, नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला समितिका पदाधिकारी, कांग्रेसका कार्यकर्ता, सुभेच्छुक, शिक्षक, पत्रकार लगायतले स्वर्गीय कोईराला प्रति श्रद्धाञ्जली दिएका थिए । पार्टीले अभिभावक गुमाएको प्रति चिन्तित मुद्रामा देखिएका कांग्रेसका नेता कार्यकर्ताहरुले सहमति, सहकार्य र मेलमिलापको बाटोलाई भुल्न नहुने बताएका थिए ।

यसैबीच ईकाइ कमिटीको मंगलबार पार्टी कार्यालय मौरीघाटमा भएको बैठकले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोईरालाको कोईरालाको निधनले कुशल, एक अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेका छ ।

ईकाई सभापति दुर्योधन पाण्डेको अध्यक्षता बसेको वैठकले शोक प्रस्ताव पास गर्दै तीन दिन सम्म पार्टी कार्यालय वन्द गर्ने गरी पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ । त्यस्तै फागुन ८ गते पार्टी कार्यालय मौरीघाटमा श्रद्धाजञ्लीसभा गर्ने निर्णय समेत गरेको ईकाइ सचिव हस्तबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…