४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासी, प्युठान, रोल्पा, बाँकेमा खाद्यान्न समस्या, सबै भन्दा कमजोर पश्चिम नवलपरासी

११ पुष २०७५, बुधबार ०३:५५

पुष ११, काठमाडौं । प्रदेश ५ का बिभिन्न ४ जिल्लामा खाद्यान्न समस्या देखिएको छ । 

प्रदेश ५ का १२ जिल्लामध्ये ४ जिल्ला प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा खाद्यान्न समस्या देखिएको हो । खाद्यान्नमा आत्मनिर्भर मात्र नभएर प्रदेश ५ ले बाह्य समेत खाद्यान्न निर्यात गर्ने गरेको छ । तर, यही प्रदेशका यी ४ जिल्लामा भने आफ्नो जिल्लालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सकेको छैनन् । 

प्रदेशको भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उत्पादन भएको खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी तथ्यांक अनुसार यी जिल्लामा खाद्यान्न समस्या देखिएको हो । 

सबै भन्दा कमजोर पश्चिम नवलपरासी देखिएको छ । तथ्यांकअनुसार पश्चिम नवलपरासी जिल्लामा ६ हजार २ सय ५ मेट्रिक टन खाद्यान्न अझै अपुग छ भने रोल्पामा २ हजार ५ सय २० मेट्रिक टन खाद्यान्न अपुग छ । त्यस्तै बाँकेमा १ हजार ७ सय ६७ मेट्रिक टन र प्युठानमा १ हजार ७ सय ३० मेट्रिक टन खाद्यान्न अपुग छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अनुसार प्रदेश नम्बर ५ मा कुल भुमि क्षेत्र १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर छ । त्यसमा २२ लाख ७४ हजार ६ सय ३२ मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ ।

मन्त्रालयले अहिले खाद्यान्न आयात गर्नुपर्ने जिल्लाहरूलाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको काम शुरु गरेको प्रवक्ता श्रीकृष्ण नेपालले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ