२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासी, प्युठान, रोल्पा, बाँकेमा खाद्यान्न समस्या, सबै भन्दा कमजोर पश्चिम नवलपरासी

२०७५, ११ पुष बुधबार ०३:५५

पुष ११, काठमाडौं । प्रदेश ५ का बिभिन्न ४ जिल्लामा खाद्यान्न समस्या देखिएको छ । 

प्रदेश ५ का १२ जिल्लामध्ये ४ जिल्ला प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा खाद्यान्न समस्या देखिएको हो । खाद्यान्नमा आत्मनिर्भर मात्र नभएर प्रदेश ५ ले बाह्य समेत खाद्यान्न निर्यात गर्ने गरेको छ । तर, यही प्रदेशका यी ४ जिल्लामा भने आफ्नो जिल्लालाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न सकेको छैनन् । 

प्रदेशको भूमि–व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उत्पादन भएको खाद्यान्नको अनुपात जनसंख्याको अनुपातमा संयोजन गरी तथ्यांक अनुसार यी जिल्लामा खाद्यान्न समस्या देखिएको हो । 

सबै भन्दा कमजोर पश्चिम नवलपरासी देखिएको छ । तथ्यांकअनुसार पश्चिम नवलपरासी जिल्लामा ६ हजार २ सय ५ मेट्रिक टन खाद्यान्न अझै अपुग छ भने रोल्पामा २ हजार ५ सय २० मेट्रिक टन खाद्यान्न अपुग छ । त्यस्तै बाँकेमा १ हजार ७ सय ६७ मेट्रिक टन र प्युठानमा १ हजार ७ सय ३० मेट्रिक टन खाद्यान्न अपुग छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अनुसार प्रदेश नम्बर ५ मा कुल भुमि क्षेत्र १९ लाख ६९ हजार ७ सय ७६ हेक्टर छ । त्यसमा २२ लाख ७४ हजार ६ सय ३२ मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ ।

मन्त्रालयले अहिले खाद्यान्न आयात गर्नुपर्ने जिल्लाहरूलाई थप प्राथमिकतामा राखेर आवधिक योजना निर्माणको काम शुरु गरेको प्रवक्ता श्रीकृष्ण नेपालले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने