पुस १२, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने यकिन नभएको बताएकी छन् । बिहीबार संसदको विकास समितिमा उनले अब पानी आउने भएपछि मात्र मिति तोक्ने बताएकी हुन् ।
समितिमा सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेपछि उनले अब मिति नतोक्ने बताएकी हुन् ।
गत महिना संसदीय समितिमै खानेपानी सचिव गजेन्द्र ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दावी गरेका थिए । तर त्यसको केही दिनमा नै मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले एकतर्फी काम छाडेको घोषणा गरेको थियो ।