३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानका अधिकांश विद्यालय चन्दाको भरमा सञ्चालन

१२ पुष २०७५, बिहीबार १५:४७

पौष १२, सल्यान । जिल्लाका अधिकांश सामुदायिक विद्यालय चन्दाको भरमा सञ्चालन हुँदै आएका छन् । विद्यालय तथा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था नहुँदा अधिकांश विद्यालय चन्दाको भरका सञ्चालन हुदै आइरहेका हुन् ।


सल्यान प्राथमिक विद्यालय २८७, निमावि ८७ र मावि ७३ वटा रहेका छन् । तीमध्ये १४१ वटा विद्यालयमा दरबदी शून्य छ । बाँकी विद्यालयहरुमा पनि दरबन्दी अनुसारको शिक्षक अपुग रहेको छ । जिल्लामा दरबन्दी र राहत शिक्षक नभएका ४० प्रावि, ७३ निमावि र २६ मावि रहेको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लीलाधर बपालले जानकारी दिए । ‘यो आजको समस्या होइन, धेरै पहिलेदेखिको समस्या हो,’ उनले भने, ‘अहिले दरबन्दी मिलान तथा पूर्ण वितरण समितिमा जिल्लाको सम्पूर्ण रकेर्ड पठाएका छौं, आशा छ त्यसले समाधान गर्ने छ ।’ प्राथमिक तहभन्दा निमावि र मावि तहका शिक्षक दरबन्दी बढी आवश्यक रहेको प्रमुख बपालले बताए । जिल्लामा प्रावि तहमा राहततर्फ ३५६, निमावि तहमा १०० र माविमा ६२ शिक्षक रहेका छन् । विद्यालयको दरबन्दीअनुसार शिक्षक नखटाउँदा विद्यालयमा राखिएका शिक्षकहरलाई निजी स्रोतबाट तलबभत्ता दिइँदै आइएको बन्गाड कुपिन्डे नगरपालिका–२ लाहाघाटमा रहेको जय निमाविका प्रधानाध्यापक मानसिंह विष्टले बताए ।

‘यस विद्यालयमा दुई जनामात्रै दरबन्दीका शिक्षक छौं,’ उनले भने, ‘एक राहत र बाँकी चार जना शिक्षकलाई स्थानीय स्रोत खोजेर तलब खुवाउँदै आइरहेका छौं ।’ समुदायस्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलवभत्ताको व्यवस्था गर्दै आएको बागचौर नगरपालिका–३ चौरपानीस्थित अमरज्योति माविका प्रधानाध्यापक झकप्रसाद डाँगील बताए । तिहारमा देउसी भैलो, स्वागत, चन्दा, सामुदायिक वनलगायतका संघसंस्थाबाट सहयोग लिएर शिक्षकलाई तलब जुटाउनुपर्ने बाध्यता रहेको डाँगीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन