२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा कृषि सहकारी संस्थाका सञ्चालक किसानको घरदैलोमा

२०७२, १६ फाल्गुन आईतवार ०३:३५

सन्तोषकुमार गुप्ता/फागुन १६, भालुवाङ् ।लालमटियाका किसानहरुलाई प्रभावकारी कृषि सेवा पु¥याउन तथा सहकारी संस्थाको स्तर बृद्धि गर्न इच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाले शुक्रबार देखि किसानमैत्री कृषि सेवा घरदैलो अभियान सञ्चालन गरेको छ ।

लालमटिया गाविसका नौँ वडाहरुमा रहेका किसानहरुलाई सहकारी संस्थामा आवद्ध गराई किसानलाई कृषि मैत्री सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको हो । पहिलो चरणमा संस्थामा आवद्ध शेयर सदस्यहरुको घरमा गई शेयर बृद्धि गर्न आग्रह गर्ने तथा निष्र्कय शेयर सदस्यहरुलाई सक्रिय बनाउन र सहकारी संस्थाबाटै अधिकत्तम सेवा लिन आग्रह गर्नका लागि घरदैलो अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष भिर्माजुन सुवेदीले जानकारी दिए ।

सहकारी संस्थाको टोली पहिलो पटक सक्रियताका साथ घरदैलो अभियानमा लागेको भन्दै लालमटियाका किसान तथा सहकारी संस्थाका शेयर सदस्यहरु हर्षित भएको अध्यक्ष सुवेदीले भने । संस्था बलियो बनाउन शेयर सदस्य बलियो हुनु पर्छ त्यसका लागि किसानहरुको समस्या बुझन किसानकै घरमा जानु पर्छ भन्ने मान्यताका साथ अभियानमा लागेको संस्थाका उपाध्यक्ष जुम्मन मियाँले भने । घरदैलो अभियानमा लागे पछि किसानहरुको अधिकत्तम कृषि समस्याको पहिचान भएको छ ।, ती समस्या बिस्तारै बैठक मार्फत हल गरिदै लगिने उपाध्यक्ष मियाँले भने ।

संस्थाले शुक्रबार देखि नै लालमटिया गाविसको वार्ड नम्बर ३ बाट घरदैलो अभियान शुरुवात गरेको छ । अभियान शुरुवात संगै सहकारी संस्थामा नयाँ शेयर सदस्य बृद्धि र पुराना शेयर सदस्यहरुले शेयर बृद्धि गर्न समेत सक्रिय भएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सुवेदीको नेतृत्वमा सञ्चालन भएको घरदैलो अभियानमा संस्थाका उपाध्यक्ष जुम्मन मियाँ, सचिव तिलक अधिकारी, सह—सचिव सन्तोषकुमार गुप्ता, कोषाध्यक्ष शारदा भुसाल सदस्यहरु कमला मल्ल, असोककुमार पोख्रेल, बिषपुरा घर्ती, शोभाखर भुसाल, लेखासमिती संयोजक कृष्णबहादुर गिरी, सदस्य बिदुर एमसी, सल्लाहकारद्धय बोमबहादुर थापा र जोहरमान मियाँ रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै