२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा कृषि सहकारी संस्थाका सञ्चालक किसानको घरदैलोमा

१६ फाल्गुन २०७२, आईतवार ०३:३५

सन्तोषकुमार गुप्ता/फागुन १६, भालुवाङ् ।लालमटियाका किसानहरुलाई प्रभावकारी कृषि सेवा पु¥याउन तथा सहकारी संस्थाको स्तर बृद्धि गर्न इच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाले शुक्रबार देखि किसानमैत्री कृषि सेवा घरदैलो अभियान सञ्चालन गरेको छ ।

लालमटिया गाविसका नौँ वडाहरुमा रहेका किसानहरुलाई सहकारी संस्थामा आवद्ध गराई किसानलाई कृषि मैत्री सेवा प्रदान गर्न अभियान सञ्चालन गरिएको हो । पहिलो चरणमा संस्थामा आवद्ध शेयर सदस्यहरुको घरमा गई शेयर बृद्धि गर्न आग्रह गर्ने तथा निष्र्कय शेयर सदस्यहरुलाई सक्रिय बनाउन र सहकारी संस्थाबाटै अधिकत्तम सेवा लिन आग्रह गर्नका लागि घरदैलो अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष भिर्माजुन सुवेदीले जानकारी दिए ।

सहकारी संस्थाको टोली पहिलो पटक सक्रियताका साथ घरदैलो अभियानमा लागेको भन्दै लालमटियाका किसान तथा सहकारी संस्थाका शेयर सदस्यहरु हर्षित भएको अध्यक्ष सुवेदीले भने । संस्था बलियो बनाउन शेयर सदस्य बलियो हुनु पर्छ त्यसका लागि किसानहरुको समस्या बुझन किसानकै घरमा जानु पर्छ भन्ने मान्यताका साथ अभियानमा लागेको संस्थाका उपाध्यक्ष जुम्मन मियाँले भने । घरदैलो अभियानमा लागे पछि किसानहरुको अधिकत्तम कृषि समस्याको पहिचान भएको छ ।, ती समस्या बिस्तारै बैठक मार्फत हल गरिदै लगिने उपाध्यक्ष मियाँले भने ।

संस्थाले शुक्रबार देखि नै लालमटिया गाविसको वार्ड नम्बर ३ बाट घरदैलो अभियान शुरुवात गरेको छ । अभियान शुरुवात संगै सहकारी संस्थामा नयाँ शेयर सदस्य बृद्धि र पुराना शेयर सदस्यहरुले शेयर बृद्धि गर्न समेत सक्रिय भएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सुवेदीको नेतृत्वमा सञ्चालन भएको घरदैलो अभियानमा संस्थाका उपाध्यक्ष जुम्मन मियाँ, सचिव तिलक अधिकारी, सह—सचिव सन्तोषकुमार गुप्ता, कोषाध्यक्ष शारदा भुसाल सदस्यहरु कमला मल्ल, असोककुमार पोख्रेल, बिषपुरा घर्ती, शोभाखर भुसाल, लेखासमिती संयोजक कृष्णबहादुर गिरी, सदस्य बिदुर एमसी, सल्लाहकारद्धय बोमबहादुर थापा र जोहरमान मियाँ रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…