२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दो

१५ पुष २०७५, आईतवार ०६:२१

  पुस १५, बैतडी (रासस) |  पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । 

आर्थिक वर्ष २०७३-७४ मा एक हजार ७१७ आँखाका बिरामीले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रमा दुई हजार २८ जनाले आँखाका विभिन्न रोगको उपचार गराएका छन् । पाटनमा उपचार गराउनेमा ९५२ महिला छन् भने ७६५ पुरुष रहेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताउनुभयो । 

यता गोठलापानीमा उपचार गराउनेमा एक हजार २३४ पुरुष छन् भने ७९४ महिला रहेका गोठलापानीका नेत्र सहायक विनोद कुवँरले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४-७५ मा पाटनबाट दुई हजार ४२८ जना आँखाका बिरामीले सेवा लिएका छन् भने गोठलापानी आँखा उपचार केन्द्रबाट दुई हजार ९३४ जनाले आँखाको उपचार गराएका छन् । 

यसमा पाटनमा उपचार गराउने एक हजार ३०४ महिला रहेका छन् भने एक हजार १२४ पुरुष रहेका छन् । भने गोठलापानीमा उपचार गराउनेमा एक हहजार ६८७ पुरुष छन् भने एक हजार २४४ महिला रहेका छन् । 

चालु आर्थिक वर्षको हालसम्म पाटन आँखा उपचार केन्द्रमा ८८१ जनाले उपचार गराएका छन् । गोठलापानी आँखा उपचार केन्द्रमा चालु आर्थिक वर्ष २०७५÷७६ को हालसम्म एक हजार २२ जना आखाँका बिरामीले सेवा लिएका छन् । 

पछिल्लो समय दिनप्रतिदिन बढिरहेको प्रदूषण, धूलो धुवाँको कारणले आँखाका बिरामीको सङ्ख्या बढिरहेको स्वास्थ्यकर्मी बताएका छन् । गा्रमीण भेगका महिला धुवाँमा धेरै समय बिताउनुपर्ने भएकाले पनि महिलामा आँखाको समस्या धेरै हुने गरेको आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीको भनाइ छ । 

आँखाको समस्याबाट बच्न गर्न धुवाँ, धुलोबाट बच्ने, आँखाको सरसफाइ गरिरहनुपर्ने, मोबाइल, टिभी, कम्प्युटर कम प्रयोग गर्न सुझाव रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो