२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको खोडपेमा दमकलबाट खानेपानीको जोहो गरीदै

१५ पुष २०७५, आईतवार १०:४७

कृष्ण बिष्ट | पुस १५, बैतडी | पाटन नगरपालिका वाड नं  ८ अन्तरगको खोडपे  बजारमा  दमकल  द्धरा  पानीको जोहो  गर्नु पर्ने बाध्यता सिर्जना भएको  छ ।  विगत ५ दिन देखि खोडपे बजारमा खानेपानी योजना बन्द भएपछि नगरपालिकाको दमकलको माध्यमबाट खानेपानिको जोहो गरीन लागेको हो । 

२०७० सालमा निर्माण सम्पन्न भएको खोडपे खानेपानि योजना बन्द भएपछि नजिक खानेपानि मुहान नहुदा नगरपालिका सँगको पहलमा दमकलको माध्यमबाट खानेपानिको ब्यवस्था गरीन लागेको खोडेप बजार ब्यावस्थापन समितीका अध्यक्ष एबम सिद्धेस्वर खोडपे खानेपानी तथा सरसफइ उपभोक्ता समितीका अध्यक्ष हरीस बिष्टले बताउनुभयो ।

 नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र खोडपे बजारमा खानेपानीको समस्या भएको खबर आएपछि पानी बोक्ने साधन  दमकल मात्रै भएको हुदा दमकलको माध्यमबाट खानेपानीको ब्यवस्था गरीएको नगरपालिकाका नगर प्रमुख केसव बहादुर चन्दले जानकारी दिनुभयो । बजारमा खानेपानिको  चरम समस्या हुदा २४ किलोमिटर टाढा सुर्नया नदीबाट पानिको ब्यावस्था गरीन लागेको हो । 

यस्तै मोटरमा समस्या आउन थालेपछि बजार क्षेत्रमा ११० जाना उपभोक्ताहरु खानेपानीबाट समस्या झेल्दै आएका छन । चिसोको समय भएकाले पाइप भित्र पानी जमेपछि मोटरले धान्न नसक्दा काम गर्न छोडेको प्रबिधिक महेन्द्र प्रजापतीले बताउनुभयो । खोडपे बजारमा २०७० सालमा डेड कि.मि. टाढा बाट लिफ्टीङको माध्यमबाट खानेपानी निर्माण कार्य सम्पन्न गरेको भएपनि खानेपानि योजनामा बेला बेला समस्या आउने गरेको छ । मोटरमा खराबी आएपछि खानेपनि समिति सँग भएका दुइ वटै मोटर मर्मतको लागि धनगडी पठाइएकाले मर्मत हुन एक हप्ता अझै लाग्ने  बजार ब्यावस्थापन समिती अध्यक्ष एबम सिद्धेस्वर खोडपे खानेपानी तथा सरसफइ उपभोक्ता समितीका अध्यक्ष हरीस बिष्टले बताउनुभयो । खानेपानी उपभोक्ता समितीलाई बेला बेला आर्थीक समस्या पनि हुने गरेको छ ।

उपभोक्ताहरुको घरघरमा खानेपानिको धारा जडान गरी मिटर जडान गरीएको र खानेपानी सुबिधा पुर्याए वाफत न्युनतम सुल्क ३ सय लिने गरेपनि उक्त रकमबाट ब्यावस्थापनमा समस्या आउने गरेको उहाको भनाइ छ । ३ जाना कर्मचारी को पारीश्रमीक २० हजार र बिद्युत महसुल १० हजार सम्म पर्ने गरेको हुदा आर्थीक समस्या हुने गरेको छ । 

खानेपनिमा आउने प्रबिधिक तथा आर्थीक समस्यालाई नगरपालिकाले समाधान गर्नुपर्नेमा यहाका ब्यावसायीहरुको माग छ । ब्यावसायी र सर्बसाधारणहरुमा खानेपानीको सहज बितरण गर्नको लागी नगरपालिकाले आर्थीक तथा प्राबिधिक सहयोग गर्नुपर्ने सिद्धेस्वर खोडपे खानेपानी उपभोक्ता समितीका सचिव मोहन सिह बिष्टले बताउनुभयो । जवाफमा नगर प्रमुख चन्दले उपभोक्ता समितीको मागमा आफु सकारात्मक रहेको  र नगरपालिका बाट  आफ्नो पुर्ण सहयोग हुने बताउनुभयो । 


तस्बीरमा: नगरपालिकाको दमकलबाट पानी भर्दै खोडपेका ब्यावसायी | तश्वीर: कृष्ण विष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो