२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कक्षा कोठामा प्रदेश नं-५ का मुख्यमन्त्री पोखरेल

१६ पुष २०७५, सोमबार ११:४६

दीपक बोहरा । पुस १६, लमही । बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत अन्य अतिथि विद्यालयमा पुग्नुभयो । 


विद्यार्थी प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रमको आयोजना गरियो । अनि शुरु भयो प्रदेश नं ५ को कार्यक्रम ‘विद्यालयमा एक दिन÷ कक्षा कोठामा एक दिन ।’ 

औपचारिक कार्यक्रम पश्चात मुख्यमन्त्री पोखरेलले कक्षा १० ‘ए’मा पढाउन शुरु गर्नुभयो भने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बि’ र प्रदेशसभा सदस्य उत्तर कुमार वलीले कक्षा ८ मा पढाएर उक्त कार्यक्रमको उद्घाटन गरियो । उहाँहरुले करीब ९० मिनेट विद्यार्थीलाई पढाउनुभएको थियो । 

प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई थप समधुर बनाउन बनाएको योजना अनुसार प्रदेश नं ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाबाट उक्त कार्यक्रमको शुरुआत भएको हो । 

सोही अनुसार अब विद्यालयमा सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुआत भएको मुख्यमन्त्री शङ्कर पोख्रेलले बताउनुभयो । “अब सबै अभिभावक वर्षमा एक पटक विद्यालय आउने र पढाउन सक्ने अभिभावकले पढाउनुहुन्छ, अन्य प्रतिभा भएका अभिभावकले प्रतिभा देखाउनुहुन्छ” उहाँले भन्नुभयो, “यसरी अभिभावक विद्यालय आएमा विद्यालयलाई व्यवस्थित गर्न अपनत्व महसुस हुन्छ ।” यसरी अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उहाँको भनाइ थियो । 

समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको भन्दै यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पु¥याइने मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । “सामुदायिक विद्यालयको अवस्था सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका पनि उत्तिकै हुन्छ, यसमा सबैले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । 

सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयपं्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाईं आकर्षणको केन्द्र बनाउनुपर्ने समेत मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । 

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तरीय वृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । विद्यार्थीको कमी भएका विद्यालयमा सङ्ख्या बढाउने उहाँको भनाइ थियो । नगरप्रमुख पाण्डेले तुलसीपुरका सबै विद्यालयलाई नमूना र सबै विद्यार्थीलाई सक्षम बनाउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ