२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माइनस नौ डिग्री तापक्रममा पनि गस्ती गर्दै प्रहरी

१८ पुष २०७५, बुधबार १२:००

पुस १८, हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ । 

आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दुई दुई घण्टाको अवधिमा सुरक्षा दिँदै आएको राति १० बजे बजार गस्तीमा भेटिनुभएका प्रहरी सहायक निरीक्षक भीमबहादुर बस्नेतले बताउनुभयो । 

हिउँद शुरु भएसँगै चिसोका कारण प्रायः स्थानीयवासी चिसो छल्न जिल्ला बाहिर जाने भएको कारण सीमकोट बजारमा हिउँदको समयमा चोरीका घटना बढी हुने भएकाले सुरक्षालाई जोड दिइएको प्रहरी सहायक निरीक्षक बस्नेत बताउनुभयो । 

नेपाल सरकारले हुम्लामा कर्यरत सुरक्षाकर्मीलाई बाक्लो कपडाको व्यवस्था गरे तापनि रातिको समय बजार गस्तीमा निस्किँदा माइनसमा पुगेको तापक्रमले चिसोबाट बचाउन नसकिने प्रहरी जवान शिवलाल केसीले बताउनुभयो । 

सिमकोटका बजारमा सञ्चालित पसल होटल चिसोको कारण ६ बजे नै बन्द हुने गर्छन् । तर नेपाल प्रहरीले कुनै घटना नहोस् भनेर रातिको समय भएपनि बजार गस्तीमा परिचालन गरेको प्रहरी जवान रामबहादुर चौधरीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान