२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको मेलौलीमा एम्बुलेन्स सेवा शुरु

१९ पुष २०७५, बिहीबार ०७:२१

 पुस १९, बैतडी (रासस) | बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो । 

२४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाइने मेलौली नगरपालिकाले जनाएको छ । अन्य एम्बुलेन्सभन्दा यो एम्बुलेन्स सस्तो र सुलभ मूल्यमा सञ्चालन गरिने भएको छ । 

करीब छ- सात महीनाको प्रयासपछि नगरपालिकामा एम्बुलेन्स पुर्याउन सफल भएको नगरप्रमुख कृष्णसिंह नायकको भनाइ छ । बाहिरी मूल्य रु ३४ लाख पर्ने यो टाटा कम्पनीको एम्बुलेन्स भन्सार छुटमा १० लाख ४९ हजारमा ल्याउन सफल भएको मेलौली नगरपालिकाले जनाएको छ । 

नगरपालिकामा एम्बुलेन्स पुग्दा नागरिक धेरै खुशी भएका छन् । यसअघि एम्बुलेन्स नहँदा त्यस क्षेत्रका धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको थियो । अब त्यहाँका बिरामीसँगै सुत्केरी महिलालाई सहज हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो