२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माग सम्बोधन नहुँदा लेखा कर्मचारी एक हप्तादेखि निरन्तर धर्नामा

२०७५, १९ पुष बिहीबार ०८:५०

पुस १९, काठमाडौँ (रासस) | वित्तीय अनुशासन कायम गर्नुपर्ने र आर्थिक कारोवार केन्द्रबाटै सञ्चालन हुनुपर्ने माग राख्दै लेखा कर्मचारी महालेखा नियन्त्रकको कार्यालय अगाडि माग सम्बोधन नभएको भन्दै निरन्तर धर्नामा बस्न थालेका छन् । 

लेखामा कार्यरत कर्मचारी स्थानीय तहमा जान तयार भए पनि आर्थिक कारोवार केन्द्रीयस्तरबाटै हुनुपर्ने माग सरकारसँग रहेको लेखा समूहका कर्मचारीले बताएका छन् । “ठूलो तहका कर्मचारी तल्लो तहको कर्मचारीबाट चल्नुपर्ने अवस्था हाम्रो लागि सबैभन्दा पीडादायी अवस्था हो”, उनीहरुले भने । स्थानीय सरकार बनिसकेपछि आर्थिक अधिकार सबै स्थानीय सरकारलाई नै दिएर केन्द्रले सन्तुलन र नियन्त्रणको काम नगरे आर्थिक चलखेल झनै बढ्नेमा उनीहरुको चिन्ता छ । 

स्थानीय तहमा बजेट विनियोजन गर्दा तल्लोस्तरको कर्मचारी भएको ठाउँमा धेरै बजेट र माथिल्लो तहको कर्मचारी भएको ठाउँमा कम बजेट जाँदा त्यसले कर्मचारीको नैतिकतामा नै प्रश्न उठाएको कर्मचारी बताउँछन् । केन्द्रीयस्तरबाटै वित्तीय जवाफदेहिता कायम गर्नुपर्ने उनीहरुको माग छ । आफ्नो दश बुँदे मागसहित लेखा कर्मचारीले पुस ५ गते नै अर्थमन्त्रालयमा बुझाए पनि माग सम्बोधन भएको छैन । 

आफ्नो कार्यालय अगाडि कर्मचारी धर्नारत भए पनि सरकारको तर्फबाट नै मागको सम्बोधन हुनुपर्ने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले कार्यान्वयन गरेसम्म हामीले यसै भन्न सक्ने अवस्था छैन ।” सरकारले संविधानमा भएको धारालाई कार्यान्वयनमा नल्याएको भन्दै देशभरका लेखा कर्मचारी एक हप्तादेखि एकसाथ आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने