२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक विदाको सुचिमा १५ दिन थपिंदै, जातीय तथा सांस्कृतिक पर्वमा पनि विदा दिने पस्ताव

२०७५, १९ पुष बिहीबार १०:५६

पुस १९, काठमाडौं । सरकारले आगामी वर्ष २०७६ सालबाट लागु हुनेगरी थप १५ वटा जातीय तथा सांस्कृतिक चाडलाई सार्वजनिक विदा दिने भएको छ ।

आदिवासी जनजाति महासंघलगायत बिभिन्न संघ संस्थाले जातीय समुदायका चाडपर्वमा सार्वजनिक बिदा नदिइएकोमा आन्दोलन गर्दै आएका थिए ।

बिभिन्न जातीय तथा धार्मिक संघ संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालका लागि थप गरिने सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको विदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक विदाको प्रस्ताव गरेको छ ।

२०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले थप पर्वमा विदा दिन लागेको हो । यस वर्ष कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले विदा घोषणा गरेका थिए ।

आगामी वर्षदेखि किरात समुदायको चाड उभौलि र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक विदा दिन प्रस्ताव गरिएको छ ।

त्यस्तै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन लगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल पित्र, बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ । 

त्यस्तै क्रिश्चिनय महासंघको माग तथा विदा पुनरावलोकन गर्न सर्बोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक विदा दिन प्रस्ताव गरिएको छ ।

अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक विदा प्रस्ताव गरिएको छ । त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ ।

महिला अधिकारकर्मीहरुले ऋषि पञ्चमीलाई बहिस्कार गर्नुपर्ने भनिरहेका बेला सरकारले भने ऋषि पञ्चमीको दिन महिलाहरुलाई मात्र सार्वजनिक विदा दिने प्रस्ताव गरेको छ । यसअघि पनि ऋषि पञ्चमीमा महिलालाई विदा दिने चलन थियो ।

यसका साथै माघ १ गते थारु समुदायको माघी पर्व र नेपाल ब्राम्हण समाजको माग बमोजिम जनैपूर्णिमामा पनि सार्वजनिक विदा दिने प्रस्ताव गरिएको छ । सो प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने