२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपडा तस्करीमा नाफा नभएपछि अर्कै धन्दा !

२२ पुष २०७५, आईतवार १५:२५

पुस २२, विराटनगर । मोरङकी एक महिला लागुऔषध तस्करीको आरोपमा पक्राउ परेकी छन् । उनले कपडा तस्करीमा नाफा कम भएपछि औषध तस्करीमा लागेको पाइएको छ । 

मोरङको धनपालनथान गाउँपालिका ६ की ३५ वर्षीय मीना राम केही बर्षअघिसम्म भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने ब्यक्तीको रुपमा चिनिन्थिन् । तर कपडा तस्करीमा नाफा नभएपछि मीना लागुऔषध तस्करीमा लागेको भेटिएको हो ।

भारतको जोगवनीबाट लागुऔषध नेपाल भित्र्याएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी शुक्रबार दिउँसो प्रहरीले विराटनगरस्थित महेन्द्र चोकबाट लागुऔषधसहित पक्राउ परेकी थिइन् । जोगवनीबाट छोटु नामले परिचित लागु औषध कारोबारीबाट लिएर आउदै गर्दा उनको साथबाट प्रहरीले लागु औषध बरामद गरेको थियो ।

रामले बोकेको झोलाबाट प्रहरीले दुई लिटर कोरेक्स हालिएको तेलको ग्यालेन सहित डाइजेल्याव ५०, नुरफिन ५०, फेनारगन ५० एम्पुल पनि बरामत गरेको थियो । लागु औषध आयात गर्दै गरेको सूचनाका आधारमा महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विराटनगर ९ मा डेरा नै लिएर बस्दै आएकी रामलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो । डीएसपी श्रेष्ठले मीना विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्रामीण क्षेत्रमा घर भए पनि मीनाले लागूऔषधकै कारोबार सञ्चालन पतिसंग सम्बन्ध विच्छेद गरेर विराटनगरमा डेरा लिएर बसेको खुलेको हो । प्यारालाइसिसले पति अपाङ्ता बनेपछि सम्बन्ध विच्छेद गरेर उनी अलग्गै बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द