२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भृकुटीमण्डपमा अजङ्गका दीपङ्कर बुद्ध मूर्ति

२०७५, २३ पुष सोमबार ०१:३०

गौतमबुद्ध बज्राचार्य | पुस २३, काठमाडौँ (रासस) | भृकुटीमण्डपमा धेरै वस्तुहरु प्रदर्शन भइरहेको हुन्छ । तर नेवार समुदायको संस्कृति झल्काउने अजङ्गका बुद्धमूर्तिले भने धेरै दर्शकको ध्यान तानेको छ ।

शनिबार भृकुटीमण्डपमा तेस्रो उदाय मुना ज्याझ्व कार्यक्रममा प्रदर्शनमा राखिएको मानिसभन्दा अग्लो अर्थात झण्डै ९ फीट उचाइको धलौटको बुद्धमूर्तिमा दर्शकको आकर्षण देखिएको थियो । प्रदर्शनमा एउटा मात्र त्यस्तो मूर्ति राखिएको थिएन । त्यस्ता बुद्धमूर्ति आठ वटा रहेको थिए । यो मूर्ति नेवार समुदायले पञ्चदानका दिन प्रदर्शन गरिने प्रचलन छ । 

पञ्चदानका दिन प्रदर्शन गरिने प्राचीन बुद्धमूर्तिहरुमा पूजा गर्ने तथा मूर्ति अगाडि बसेर सेल्फी फोटो खिच्नेको घुइँचो नै लागेको थियो । 

शाक्यमुनि बुद्धको जन्म हुनुभन्दा अगाडिका बुद्ध तथा दिपङ्कर तथागत, दिपङ्कर बुद्ध, दिपङ्कर तथागत सम्यक भगवान, पञ्जराँ द्योका ठूल्ठूला आठ मूर्ति प्रदर्शनमा राखिएको थियो । यसलाई नेवारीमा ‘बही द्यो’ पनि भनिन्छ । 

उदाय मुना ज्याझ्वको अर्को आकर्षणमा उदाय जातिका विभिन्न पूजा तथा पर्वमा बौद्ध तथा हिन्दू परम्पराअनुसार देखाइँदै आएको प्याखँ (देव देवीको नाच) रहेको छ । 

काठमाडौँको न्यत टोलमा बसोबास गर्ने न्यत तुलाधर समितिले वर्षेनी प्रदर्शन गर्ने श्रीन्यतभलु अजिमाको प्याखँ (नृत्य) देखाइएको थियो । नेवारी परम्परानुसार हरेक वर्ष पाँहाच¥हेका दिन काठमाडौँका उदाय जातिले यो महाद्यो प्याखँ (महादेवको नृत्य) प्रदर्शन गर्ने परम्परा छ । यसमा गँ प्याखँ भनेर एक सेट देवदेवी नाच्ने गरिन्छ । 

त्यस्तै लोप हुँदै जान लागेको असनको कुम्हो प्याखँ पनि दर्शकको आकर्षणको केन्द्र बनेको छ । यस नृत्यमा बज्रयान बौद्ध धर्मको शक्तिबाट तलेजु भवानीलाई रक्षा गर्ने दृष्य देखाइएको हुन्छ । 

रत्नकेतु बोधिसत्वको रुपमा रहने कुम्हो नृत्य गर्ने बालकले तलेजु भवानीलाई आकाश मार्गबाट आउन सक्ने भयबाट रक्षा गर्दछ । त्यस्तै पातालबाट आउने भयबाट रक्षा गर्ने काम चन्द्रकेतु बोधिसत्वले गर्दछ । 

राजा जयप्रकाश मल्लको शासनकालमा अर्थात करीब ३०० वर्षदेखि यो प्याखँ (नृत्य) देखाउँदै आएको भए पनि ३२ वर्षदेखि यो नृत्य बन्द अवस्थामा रहेको आयोजकले बताएका छन् । 

यो प्याखँ त्यसबेला बौद्ध र हिन्दूबीच विवाद भएपछि यो विवाद समाधान गर्न कुम्हो प्याखँ देखाइएको समाजसेवी ज्ञानेन्द्र तुलाधरको भनाइ छ । 

समाजसेवी एवं उदाय समाजका प्रचार विभाग प्रमुख सुगतरत्न सिन्दुराकारले उदाय जातिको परम्परागत पेशा लोप हुँदै गएको राससलाई बताउनुभयो । 

ताम्राकार, कँसाकार, तुलाधर, स्थापित, बनियाँ, सेलालिक, शिलाकार तथा सिख्राकार र सिन्दुराकार गरी नौ जातिमा विभाजित उदाय जातिले नेपालमा तान्त्रिक पूजाका लागि देवीदेवताका लागि चाहिने क्वखङ्गा, धकिङ्गा र ग्वय्का 

(देवदेवीका लागि चाहिने खास्तो) बनाउने पेशा भए पनि हाल यी पेशामा काम गर्ने मानिसको अभाव भई काम बन्द भइसकेको उहाँको भनाइ छ । 

विभिन्न सेवा, व्यवसाय, सीप तथा नेवारी खाजाका परिकार, स्वास्थ्य शिविर, उत्पादनका कक्ष गरी १२० कक्ष रहेको सिन्दुराकारले बताउनुभयो । 

नेवारी खाजा बजिसेट, सन्याखुना, विभिन्न नेवारी खाजाका परिकार पनि दर्शकको आकर्षण बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने