२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा गौशाला निर्माण गरिने

२४ पुष २०७५, मंगलवार ०८:४२

 पुस २४, लमही (रासस) | दाङ तुलसीपुर उपमहानगरपालिका–७ ले गौशाला निर्माण गर्ने निर्णय गरेको छ । राससमा ‘चौपायले दश बिघा क्षेत्रफलको बाली नष्ट’ शीर्षकको समाचार प्रकाशित भएपछि वडा कार्यालयले सरोकारवालासँग छलफल गरेर गौशाला निर्माण गर्ने निर्णय गरेको हो । 

तुलसीपुर उपमहानगरपालिका–७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा सोमबार भएको भेलाले छाडा चौपायाले भर्खरै मात्रै दश बिघा क्षेत्रफलमा लगाएको तोरी, अरहरलगायत अन्नबाली नष्ट गरेको र विगतमा पनि छाडा चौपायाले अन्नबाली नष्ट गर्दै आएकाले छाडा चौपायालाई नियन्त्रण गर्न गौशाला निर्माण गर्ने निर्णय गरेको हो । वडा सदस्य, ६१ टोल विकास संस्था तथा अन्य सरोकारवालाको सहभागितामा भएको भेलाले वडामा रहेको सामुदायिक बनको जग्गामा गौशाला निर्माण गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताउनुभयो । 

साथै गौशालाबाट उत्पादन भएको गोबरबाट ग्यास उत्पादन गर्ने, गाईको गहुँत तथा मूत्र प्रशोधन गरेर विभिन्न औषधि बनाइने तथा जैविक मल प्रयोगमा ल्याउने निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार गौशाला निर्माणको लागि वडाले रु दुई लाख बजेट छुट्याउने तथा बाँकी श्रमदान गर्ने निर्णय समेत भएको छ । १५ दिनभित्र काम शुरु हुने समेत उहाँको भनाइ छ । छाडा चौपायाले वर्षेनी लगाइएको बाली नष्ट गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ