४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको त्रिवेणी गाउँपालिकालाई पाँच रोपनि जग्गा दान

२४ पुष २०७५, मंगलवार ०८:५३

शंकर के सी | पुस २४, सल्यान । भाडामा सञ्चालन भइरहेको सल्यानको त्रिवेणी गाउँपालिकालाइ स्थानियले पाँच रोपनि जग्गा दान दिएका छन् । त्रिवेणी ६ लुहाम निवासि रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले मालपोत कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका हुन् । भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकालाइ सेवा प्रवाहमा असहजता भएकाले सामाजिक भावना अनुसार जग्गा दान गरिएको डम्बर शाहले जनाए ।


‘गाउँपालिकाको आफ्नै भवन होस् । सेवाग्राहिले सरल तरिकाले सेवा पाउन सकुन् भन्ने हाम्रो चाहना छ,’ उनले भने । २५ लाख बरोबरको पाँच रोपनी जग्गा दान प्राप्त भएपछि गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले खुसि व्यक्त गर्दै पाँच जना दानविरले गाउँपालिकालाइ ठूलो गुण लगाएको बताएका छन् । उनले भने, ‘जग्गा अभावमा गाउँपालिकाको भवन बनाउन समस्या भइरहेको अवस्थामा अव भने सहज भएको छ ।’

जीवनमा केहि गरौँ भन्ने भावना अनुसार गाउँपालिकालाइ जग्गा दान दिएको जनाउँदै दान दाता रेमु श्रेष्ठले गाउँपालिकाले उक्त जग्गालाइ उपयोग गरेमा सबै पालिकावासिको हित हुने विश्वास व्यक्त गरे ।

त्रिवेणी गाउँपालिकाले अव थप पाँच रोपनी जग्गाको व्यवस्था गरेर भवन निर्माण कार्य अगाडी बढाइने बताएको छ । प्रमुख प्रशासकीय अधिकृत रेमन्त डाँगीले यस वर्ष दान प्राप्त भएको जग्गाको माटो परिक्षण तथा डिजाइन स्टमेट गर्ने र अर्काे वर्षदेखि भवन निर्माण कार्य थालनी गर्ने जानकारि गराए । ‘अर्काे वर्ष भवन निर्माणका लागी बजेटको व्यवस्था हुन्छ,’ उनले भने, ‘भवन निर्माण पछि गाउँकार्यापालिका सहित विषयगत कार्यालय कुनै पनि भाडामा सञ्चालन हुनुपर्ने छैन ।’ अहिले गाउँकार्यपालिका, विषयगत कार्यालय तथा वडा कार्यालयहरुको भाडा वापत वार्षिक १२ लाख रुपैयाँ खर्च भइरहेको डाँगीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ