२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बालविवाह विरुद्धको अभियानमा जुटे किशोरी

२०७५, २५ पुष बुधबार ०७:३७

पुस २५, बैतडी | बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् । 

जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी किशोरी वृत्त आवद्ध किशोरी बालविवाह न्यूनीकरण अभियानमा लागेका हुन् । बैतडीमा ५७ वटा किशोरीवृत्त आवद्ध किशोरीले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छन् । 

जिल्लाका विभिन्न स्थानीय तहका वडामा गठन गरिएका किशोरीवृत्त समूहले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । 

किशोरी वृत्तको पहलमा एक सय बढी बालविवाह रोकिएको उहाँले बताउनुभयो । मागेर हुने बालविवाह रोकिए पनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको उहाँले बताउनुभयो । 

बालविवाहले पार्ने असरका बारेमा अहिले स्वयं किशोरीहरुलाई समेत सिकाउने गरिएको र अभिभावकलाई समेत सिकाउने गरेको किशोरीवृत्तका सहजकर्ताले बताएका छन् । आफूहरुले गाउँगाउँमा गएर अभिभावक र किशोरीलाई बालविवाहले पार्ने असरका बारेमा जानकारी दिन थालेको पञ्चेश्वर गाउँपालिकाका अञ्जु चन्दले बताउनुभयो । 

बालविवाहका कारण किशोरीले शिक्षा ग्रहण गर्न नपाउने, विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किला तारा किशोरीवृत्त रौलेश्वरका अध्यक्ष द्रोपती विष्टले बताउनुभयो । बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले पाँच वर्षअघि गरिएको एक अध्ययन अनुसार बैतडीमा ५९ दशमलव ५ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा