२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आगलागीमा परी मृत्यु भएका मृतक परिवारलाई राहत वितरण

२६ पुष २०७५, बिहीबार ०५:५०

 पुस २६,गलकोट | बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । 

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले मृतक बालबालिकाका अभिभावकलाई बुधबार जिल्ला प्रशासन कार्यालयका तर्फबाट जनही रु एक लाखका दरले रू तीनलाख र गोठधनीलाई रु आठ हजार राहत रकम प्रदान गर्नुभएको थियो ।उहाँले समाजमा हुनसक्ने यस्ता खालका घटना न्यूनीकरण गर्न बालबालिकालाई पनि सचेत गराउनुपर्ने बताउनुभयो । 

बालबालिका विद्यालयबाट छुटेर घर फर्कने क्रममा एक गोठको माथिल्लो तलामा गई आगो ताप्न लाग्दा आगलागी भइ स्थानीयवासी रुद्रबहादुर रोकाका छ वर्षीय रतिस रोका, डिलबहादुर घर्तीका छ वर्षया छोरी ऋतु घर्ती र चार वर्षीय छोरा आयुस घर्तीको मृत्यु भएको थियो । 

पत्रकार महासंघलाई एक लाख एक हजार 

नेपाल पत्रकार महाससङ्घ बागलुङ शाखाको भवन निर्माणका लागि चलाइएको अभियानमा सहयोग रकम थप भएको छ । 

सुविधासम्पन्न सभाहलसहित दुईतले पक्की भवन निर्माणमा लागेको महासङ्घको अभियानमा इमेज बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख एक हजार सहयोग प्रदान गरेको हो । 

बुधबार महासङ्घ भवनमा आयोजित कार्यक्रमा उक्त संस्थाका अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले उक्त रकमको चेक महासङ्घका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभयो । उहाँले यसअघि आफ्ना व्यक्तिगत तर्फबाट रु एक लाख ११ हजार १११ प्रदान गरिसक्नुभएको थियो । 

महासङ्घले यसअघि हामी सबैको रहर, पत्रकार महासङ्घ बागलुङको घर अभियान क्रममा रु ७० लाखभन्दा बढी रकम सङ्कलन गरेको थियो । भवन निर्माणका लागि अपुग रकम स्थानीय तहसहित सामाजिक सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिने महासङ्घका अध्यक्ष शिरीषले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै