२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आगलागीमा परी मृत्यु भएका मृतक परिवारलाई राहत वितरण

२०७५, २६ पुष बिहीबार ०५:५०

 पुस २६,गलकोट | बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ । 

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले मृतक बालबालिकाका अभिभावकलाई बुधबार जिल्ला प्रशासन कार्यालयका तर्फबाट जनही रु एक लाखका दरले रू तीनलाख र गोठधनीलाई रु आठ हजार राहत रकम प्रदान गर्नुभएको थियो ।उहाँले समाजमा हुनसक्ने यस्ता खालका घटना न्यूनीकरण गर्न बालबालिकालाई पनि सचेत गराउनुपर्ने बताउनुभयो । 

बालबालिका विद्यालयबाट छुटेर घर फर्कने क्रममा एक गोठको माथिल्लो तलामा गई आगो ताप्न लाग्दा आगलागी भइ स्थानीयवासी रुद्रबहादुर रोकाका छ वर्षीय रतिस रोका, डिलबहादुर घर्तीका छ वर्षया छोरी ऋतु घर्ती र चार वर्षीय छोरा आयुस घर्तीको मृत्यु भएको थियो । 

पत्रकार महासंघलाई एक लाख एक हजार 

नेपाल पत्रकार महाससङ्घ बागलुङ शाखाको भवन निर्माणका लागि चलाइएको अभियानमा सहयोग रकम थप भएको छ । 

सुविधासम्पन्न सभाहलसहित दुईतले पक्की भवन निर्माणमा लागेको महासङ्घको अभियानमा इमेज बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख एक हजार सहयोग प्रदान गरेको हो । 

बुधबार महासङ्घ भवनमा आयोजित कार्यक्रमा उक्त संस्थाका अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले उक्त रकमको चेक महासङ्घका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभयो । उहाँले यसअघि आफ्ना व्यक्तिगत तर्फबाट रु एक लाख ११ हजार १११ प्रदान गरिसक्नुभएको थियो । 

महासङ्घले यसअघि हामी सबैको रहर, पत्रकार महासङ्घ बागलुङको घर अभियान क्रममा रु ७० लाखभन्दा बढी रकम सङ्कलन गरेको थियो । भवन निर्माणका लागि अपुग रकम स्थानीय तहसहित सामाजिक सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिने महासङ्घका अध्यक्ष शिरीषले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा