२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा अवैधरुपमा लगाइएको ३७ बिघाको गाँजा नष्ट

२०७५, २६ पुष बिहीबार ०६:२६

पुस २६, सिन्धुली | सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो । 

अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । आजसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कूल ५४ प्रहरीले त्यस क्षेत्रको गाँजा फँडानीसँगै नष्ट गर्ने अभियान चलाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो । 

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ । गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका छन् । गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट गरेको थियो । 

अहिले गाँजा फँडानी गर्ने क्रममा प्रहरी टोली नै बिरामी परेकाले हेटौंडाबाट थप २५ प्रहरी टोली माग गरिएको र त्यो टोली आजै आइपुग्ने जनाइएको छ । 

मकवानपुरमा प्रहरीले गाँजा तस्करले लगाएको खेती नष्ट गर्ने क्रम बढेसँगै गाँजा तस्कर सिन्धुलीका दुर्गमस्थलको पहिचान गरी केही वर्षदेखि व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित भएको छन् । दुर्गममा जनसम्पर्क कम रहने र नियमन गर्ने निकायको नजर नपुग्ने भएकाले मरिण गाउँपालिका र हरीहरपुरगढी गाउँपालिकामा गाँजाखेती गर्ने तस्करको बिगबिगी रहेको छ । 

स्थानीयवासीले गाँजाखेतीमा काम गरेबापत ज्याला पाउँछन् भने गाँजाको व्यवसायीकरणका लागि भारतबाट कृषि प्राविधिकको टोली नै राखेर नर्सरी राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्नेदेखि गाँजाको भाले र पोथी छुट्याइ भाले गाँजा उखाल्ने काम हुने गर्दछ । 

गाँजाको भाले पोथी छुट्याउने कृषि जेटिए नेपालमा अहिलेसम्म नपाइने प्रहरीको भनाइ छ । भाले गाँजा सानैमा चिनेर नउखाले सबै गाँजा भाले हुने भएकाले गाँजा तस्करले कृषि प्राविधिक गाँजा खेती गरेकै स्थलमा राख्ने गरेको स्थानीयवासी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै