९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा अवैधरुपमा लगाइएको ३७ बिघाको गाँजा नष्ट

२६ पुष २०७५, बिहीबार ०६:२६

पुस २६, सिन्धुली | सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो । 

अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । आजसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कूल ५४ प्रहरीले त्यस क्षेत्रको गाँजा फँडानीसँगै नष्ट गर्ने अभियान चलाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो । 

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ । गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका छन् । गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट गरेको थियो । 

अहिले गाँजा फँडानी गर्ने क्रममा प्रहरी टोली नै बिरामी परेकाले हेटौंडाबाट थप २५ प्रहरी टोली माग गरिएको र त्यो टोली आजै आइपुग्ने जनाइएको छ । 

मकवानपुरमा प्रहरीले गाँजा तस्करले लगाएको खेती नष्ट गर्ने क्रम बढेसँगै गाँजा तस्कर सिन्धुलीका दुर्गमस्थलको पहिचान गरी केही वर्षदेखि व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित भएको छन् । दुर्गममा जनसम्पर्क कम रहने र नियमन गर्ने निकायको नजर नपुग्ने भएकाले मरिण गाउँपालिका र हरीहरपुरगढी गाउँपालिकामा गाँजाखेती गर्ने तस्करको बिगबिगी रहेको छ । 

स्थानीयवासीले गाँजाखेतीमा काम गरेबापत ज्याला पाउँछन् भने गाँजाको व्यवसायीकरणका लागि भारतबाट कृषि प्राविधिकको टोली नै राखेर नर्सरी राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्नेदेखि गाँजाको भाले र पोथी छुट्याइ भाले गाँजा उखाल्ने काम हुने गर्दछ । 

गाँजाको भाले पोथी छुट्याउने कृषि जेटिए नेपालमा अहिलेसम्म नपाइने प्रहरीको भनाइ छ । भाले गाँजा सानैमा चिनेर नउखाले सबै गाँजा भाले हुने भएकाले गाँजा तस्करले कृषि प्राविधिक गाँजा खेती गरेकै स्थलमा राख्ने गरेको स्थानीयवासी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति