२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

नेचुङ भन्सार कार्यालय जिर्ण

१९ कार्तिक २०७२, बिहीबार ०२:०५

कात्र्तिक १९, मुस्ताङ । जीर्ण भवन, शौचालय र बाथरुम छैन । झ्याल र ढोका कुहिएका छन् । न सञ्चार सुविधा न त अन्य सहयोगी कर्मचारी नै । यस्तै समस्या र पीडाका बीचमा छन, नेचुङ भन्सार कार्यालय छोसेरका प्रमुख नायब सुब्बा धर्मराज सुवेदी ।

एक्काइस वर्षपछि असारको पहिलो सातादेखि मुस्ताङको कोरला नाकाबाट हुने कारोबारलाई व्यवस्थित बनाउन सञ्चालनमा आएको भन्सार कार्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको अभावले कार्यसम्पादन प्रभावकारी बन्न सकेको छैन ।

कार्यालय सहयोगी सहित चारजनाको दरबन्दी भए पनि अहिलेसम्म दरबन्दी पूर्ति हुन नसकेको प्रमुख सुवेदीको भनाइ छ । कार्यालय सहयोगी स्थानीयवासीलाई नियुक्त गर्न पाउने भए पनि विभागबाट कुनै किसिमको निर्देशन नआएकाले समस्या उत्पन्न भएको छ ।

दरबन्दीका अन्य दुई कर्मचारी काजमा अन्यत्रै खटिएका छन् । भौगोलिक रुपमा कठिन, समुदायस्तरमा पर्याप्त चेतना र थप जनशक्ति नहुँदा कार्यसम्पादन गर्न समस्या भएको प्रमुख सुवेदीको गुनासो छ ।

राज्यले खटाएको ठाउँमा त आउनु नै प(यो तर, पर्याप्त व्यवस्था नहुँदासम्म राज्यले सोचेको लक्ष्य यहाँबाट हासिल गर्न कठिन छ, उहाँले भन्नुभयोे – तत्काल दरबन्दी पूर्ति र आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी छ ।

व्यापारिक हिसाबले चीनसँग सबैभन्दा महत्वका कोरला नाका सञ्चालनमा आउनेबित्तिकै भन्सारमा कामको चाप बढी हुन्छ । यसलाई धार्मिक दृष्टिकोणले पनि महत्वका साथ हेरिएको छ । तिब्बतको कैलाश मानसरोवर जान चाहने भक्तजनका लागि कोरला नाकाको बाटो सबैभन्दा नजिक पर्छ ।

भारत सरकारले अघोषित नाकाबन्दी गरेसँगै धौलागिरिवासीले पनि यो नाका खुलाउन माग गरिरहेका छन् । पूर्वाधार निर्माणका लागि अहिले रु २० लाखको बजेट विभागमा प्राप्त भए पनि अत्यधिक चिसो हुने भएकाले काम अघि बढाउन नसकिएको नेचुङ भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा