२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

नेचुङ भन्सार कार्यालय जिर्ण

१९ कार्तिक २०७२, बिहीबार ०२:०५

कात्र्तिक १९, मुस्ताङ । जीर्ण भवन, शौचालय र बाथरुम छैन । झ्याल र ढोका कुहिएका छन् । न सञ्चार सुविधा न त अन्य सहयोगी कर्मचारी नै । यस्तै समस्या र पीडाका बीचमा छन, नेचुङ भन्सार कार्यालय छोसेरका प्रमुख नायब सुब्बा धर्मराज सुवेदी ।

एक्काइस वर्षपछि असारको पहिलो सातादेखि मुस्ताङको कोरला नाकाबाट हुने कारोबारलाई व्यवस्थित बनाउन सञ्चालनमा आएको भन्सार कार्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको अभावले कार्यसम्पादन प्रभावकारी बन्न सकेको छैन ।

कार्यालय सहयोगी सहित चारजनाको दरबन्दी भए पनि अहिलेसम्म दरबन्दी पूर्ति हुन नसकेको प्रमुख सुवेदीको भनाइ छ । कार्यालय सहयोगी स्थानीयवासीलाई नियुक्त गर्न पाउने भए पनि विभागबाट कुनै किसिमको निर्देशन नआएकाले समस्या उत्पन्न भएको छ ।

दरबन्दीका अन्य दुई कर्मचारी काजमा अन्यत्रै खटिएका छन् । भौगोलिक रुपमा कठिन, समुदायस्तरमा पर्याप्त चेतना र थप जनशक्ति नहुँदा कार्यसम्पादन गर्न समस्या भएको प्रमुख सुवेदीको गुनासो छ ।

राज्यले खटाएको ठाउँमा त आउनु नै प(यो तर, पर्याप्त व्यवस्था नहुँदासम्म राज्यले सोचेको लक्ष्य यहाँबाट हासिल गर्न कठिन छ, उहाँले भन्नुभयोे – तत्काल दरबन्दी पूर्ति र आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी छ ।

व्यापारिक हिसाबले चीनसँग सबैभन्दा महत्वका कोरला नाका सञ्चालनमा आउनेबित्तिकै भन्सारमा कामको चाप बढी हुन्छ । यसलाई धार्मिक दृष्टिकोणले पनि महत्वका साथ हेरिएको छ । तिब्बतको कैलाश मानसरोवर जान चाहने भक्तजनका लागि कोरला नाकाको बाटो सबैभन्दा नजिक पर्छ ।

भारत सरकारले अघोषित नाकाबन्दी गरेसँगै धौलागिरिवासीले पनि यो नाका खुलाउन माग गरिरहेका छन् । पूर्वाधार निर्माणका लागि अहिले रु २० लाखको बजेट विभागमा प्राप्त भए पनि अत्यधिक चिसो हुने भएकाले काम अघि बढाउन नसकिएको नेचुङ भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प