२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङका सबै गाविसमा सञ्चारको सुविधा

८ मंसिर २०७२, मंगलवार ०२:१३

मङ्सिर ८, मुस्ताङ / सञ्चार सुविधाको पहुँच मुस्ताङ जिल्लाभर पुगेको छ । सोह्र गाविस रहेको मुस्ताङ जिल्लाका सबै बस्तीमा सञ्चारको सुविधा पुगेको छ ।

नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले पर्याप्त मात्रामा नमस्ते र सिडिएमए सिमकार्ड वितरण गरिएपछि जिल्लाका सबै क्षेत्रमा सञ्चार सुविधा पुगेको बताए। जिल्लामा ११ हजार नमस्ते र तीन हजार सिडिएमए गरी १४ हजार सिमकार्ड वितरण गरिएको छ ।

मागका आधारमा सिमकार्ड वितरण गरिएकाले हिमाली जिल्लामा सञ्चार सुविधा सहज भएको कार्यालयले जनाएको छ । हरेक बस्तीमा सञ्चार सुविधा पुगेसँगै सर्वसाधारणलाई सूचना आदानप्रदानमा सहज भएको छ ।

उपल्लो मुस्ताङको छोसेर, छोण्हुप, लोमान्थाङ, चराङ र सुर्खाङ क्षेत्रमा सिडिएमए र तल्लो क्षेत्रमा नमस्ते मोबाइलको सिमकार्ड बढी मात्रामा वितरण भएको छ । सञ्चार सुविधा विस्तारसँगै खासगरी उपल्लो क्षेत्रका सूचना सदरमुकामबाटै थाहा पाउन धेरै सजिलो भएको स्थानीयवासीले बताएका छन् ।

जिल्लाको कुञ्जो, लेते, कोबाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमी गाविसमा नमस्तेको सिमकार्ड वितरण भएको टेलिकमले जनाएको छ । “सबै क्षेत्रमा सेवा विस्तारका लागि जिल्लामा विभिन्न १५ स्थानमा नमस्ते र पाँच स्थानमा सिडिएमए मोबाइलको टावर निर्माण गरेका छौँ, ग्राहक सङ्ख्या पनि बढ्दै गएको छ,” कार्यालय प्रमुख भुजेलले भने – “अब गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…