२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी कारागारमा क्षमता भन्दा दोब्बर कैदी

२०७५, २६ पुष बिहीबार १०:१८

कृष्ण बिष्ट । पुस २६, बैतडी । जिल्ला करागार  बैततडीमा भवन अभाव  हुदा क्षमता भन्दा दोब्बर कैदी बस्नु पर्ने बाध्यता रहेको छ । २५ जाना क्षमताको भवन भएकोमा अहिले ५१ जाना कैदिहरु बस्दै आएका छन । करागारमा भवन नहुदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै कैदीहरुले बस्नु पर्ने बाध्यता रहेको जेलर अनिल कुमार तिवारीले जानकारी दिनुभयो । 


१५ जाना पुरुस र १० जाना महिला गरी २५ क्षमता भएको ४ कोठे कारागार भवन भएपनि ५१ जाना कैदिबन्दीहरु बस्न बाध्य छन । यद्यपी महिलाकैदिबन्दी नभएको जेलर तिवारीले जानकारी दिनुभयो । यसरी एकै कोठामा क्षमता भन्दा बढि कैदिबन्दी बस्नु पर्दा समस्या त हुने नै भयो, सरुवा रोगको संक्रमण बढ्ने गरेको उहाको भनाइ छ । 

भवन अभावका कारण कैदि बन्दी र आफुहरुले भोगिरहेको समस्याका बारेमा कारगार व्यवस्थापन विभागलाइ अवगत गराएको लामो समय वितिसक्दा पनि कुनै  सुनवाइ  नभएको उहाको भनाइ छ  । पटक पटक कारागार भवन निर्माणका लागि स्टमेट र डिजाइ बनाएर विभागमा पठाए पनि कर्यान्वयन नभएको उहाले  गुनासो गर्नुभयो । 

जिल्लाकारागारमा भवन अभाव  हुदा आफुलाई पनि कागार  परिशर  भित्र भाडामा कोठा लिएर बस्नु पर्ने बाध्यता रहेको उहाको भनाइ छ ।  

जिल्ला कारागार बैतडीमा मानब बेच विखन, कर्तब्यज्यान मुद्धा, जबरजस्ती करणी, सवार ज्यानका ५१ कैदीहरु कारागारमा रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा