२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पुरा

२०७५, २७ पुष शुक्रबार ०७:०१

 पुस २७ , काठमाडौँ | उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ । 

एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई जरिवानासहित कारवाही गर्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो । 

युवालाई फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले शुरु भएको अभियानलाई महानगरले साथ दिने उहाँको प्रतिबद्धता थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले फोहर फाल्ने चेतना नभए जतिसुकै विद्वान् भए पनि अर्थ नहुने विचार राख्नुभयो । 

एक वर्षअघि राजधानी काठमाडौँ उपत्यकालाई ‘डम्पिङ साइट’ बनाइनु हुन्न भन्ने उद्देश्यले अभियान शुरु गरिएको अभियानकर्मी केपी खनालले सुनाउनुभयो । उपत्यकाका विभिन्न स्थानमा सङ्कलन भएको प्लाष्टिकलगायत फोहरबाट मोहरमा रूपान्तरण गरी जम्मा पारिएको रु ५० लाखबाट बाजुरामा अनाथाश्रम बनाउन लागिएको जानकारी पनि सो अवसरमा उहाँले दिनुभयो । 

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पतञ्जलि योग समिति, मानवसेवा आश्रम, रेयुकाई नेपाल, विभिन्न क्याम्पस एवं विद्यालयका विद्यार्थी र सर्वसाधारण गरी ४०० बढी अभियानकर्मीको सहभागिता थियो । एक वर्षअघि काठमाडौँ महानगरपालिकाबाट यो अभियान शुरु गरिएको सो अवसरमा जानकारी गराइयो । रासस | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने