२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा पहिलो पटक छुर्पी उत्पादन शुरु

२०७५, २७ पुष शुक्रबार ०७:०९

पुस २७,लमही | दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । 

बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताउनुभयो । “बजारमा धेरै माग छ”, उहाँले भन्नुभयो “तर दैनिक १५ किलो मात्रै उत्पादन हुने गर्छ ।” 

साथै संस्थाले दुग्ध परियोजना सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको दूध खरिद गरेर ‘पाश्चवराइज्ड’ प्रविधिबाट दूध, दही प्रशोधन गरेर बजारमापुर्या पुर्याइरहेको समेत उहाँले बताउनुभयो । 

गाउँपालिकाद्वारा तीन कार्यविधि पारित 

दाङको शान्तिनगर गाउँपालिकाले तीन कार्यविधि पारित गरेको छ । बिहीबार सकिएको हिउँदे अधिवेशनले ‘घ’ वर्गको इजाजतपत्रसम्बन्धी कार्यविधि, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, एम्बुलेन्स सञ्चालन कार्यविधि पारित भएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । 

साथै अधिवेशनबाट कर्मचारी कल्याण कोष तथा योजना संशोधन गर्ने समेत निर्णय भएको छ । गाउँपालिका अध्यक्ष डाँगीको अध्यक्षतामा भएको अधिवेशनले विषयगत शाखाका संयोजक र शाखा प्रमुखद्वारा चालू आर्थिक वर्षको अहिलेसम्म भएका प्रगति पेश गर्नुभएको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै