२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दाताको सहयोगमा विद्यालय भवन निर्माण

२०७५, २८ पुष शनिबार ०३:५५

पुस २८, गलकोट | बागलुङ जिल्लाको सदरमुकाममा रहेको कालिका कन्या मन्दिर माध्यामिक सामुदायिक विद्यालयमको पाँच शिक्षाप्रेमीको सहयोगमा पाँचकोठे पक्की भवन निर्माण भएको छ । 

सो भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसेनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, विमला भारी, समीरकुमारी श्रेष्ठ, श्रवणलाल शाक्यले प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले रु ३२ लाख ५० हजार उपलब्ध गराउनुभएको विद्यालयका प्रधानध्यापक धनराज सापकोटाले राससलाई बताउनुभयो । 

भवन निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा कृष्णकुमार श्रेष्ठले यसअगावै हस्तान्तरण गर्नुभएको थियो । नवनिर्मित भवनमा रु एक लाख बराबरको युरोगार्ड र ह्वाइट बोर्ड तथा पानी ट्याङ्कीलगायत सामग्री समाजसेवी मन्दिरा श्रेष्ठले, रु ४५ हजार बराबरको ह्वाइट बोर्ड ईश्वर श्रेष्ठले, सिद्धार्थ वनस्थली आवासीय मावि काठमाडौँका प्रिन्सिपल रुपक राजवंशीले ७० थान डेस्कबेन्च र कल्पना श्रेष्ठले रु ३० हजार मूल्य बराबरको युरोगार्ड प्रदान गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

“विद्यालयका पूर्वप्रधानाध्यापक तथा वर्तमान सल्लाहकार संरक्षक रत्ना श्रेष्ठको पहलमा सो सहयोग जुटेको हो”, प्रधानाध्यापक सापकोटाले भन्नुभयो, “शिक्षापे्रमीको सहयोगले नै सुविधासम्पन्न भवनमा विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् ।” 

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफूले पहल गरेको दाता वरिष्ठ अधिवक्ता श्रेष्ठले बताउनुभयो । कक्षा १ देखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज भएकामा अहिले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै