२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दाताको सहयोगमा विद्यालय भवन निर्माण

२८ पुष २०७५, शनिबार ०३:५५

पुस २८, गलकोट | बागलुङ जिल्लाको सदरमुकाममा रहेको कालिका कन्या मन्दिर माध्यामिक सामुदायिक विद्यालयमको पाँच शिक्षाप्रेमीको सहयोगमा पाँचकोठे पक्की भवन निर्माण भएको छ । 

सो भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसेनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, विमला भारी, समीरकुमारी श्रेष्ठ, श्रवणलाल शाक्यले प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले रु ३२ लाख ५० हजार उपलब्ध गराउनुभएको विद्यालयका प्रधानध्यापक धनराज सापकोटाले राससलाई बताउनुभयो । 

भवन निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा कृष्णकुमार श्रेष्ठले यसअगावै हस्तान्तरण गर्नुभएको थियो । नवनिर्मित भवनमा रु एक लाख बराबरको युरोगार्ड र ह्वाइट बोर्ड तथा पानी ट्याङ्कीलगायत सामग्री समाजसेवी मन्दिरा श्रेष्ठले, रु ४५ हजार बराबरको ह्वाइट बोर्ड ईश्वर श्रेष्ठले, सिद्धार्थ वनस्थली आवासीय मावि काठमाडौँका प्रिन्सिपल रुपक राजवंशीले ७० थान डेस्कबेन्च र कल्पना श्रेष्ठले रु ३० हजार मूल्य बराबरको युरोगार्ड प्रदान गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

“विद्यालयका पूर्वप्रधानाध्यापक तथा वर्तमान सल्लाहकार संरक्षक रत्ना श्रेष्ठको पहलमा सो सहयोग जुटेको हो”, प्रधानाध्यापक सापकोटाले भन्नुभयो, “शिक्षापे्रमीको सहयोगले नै सुविधासम्पन्न भवनमा विद्यार्थीले अध्ययन गर्न पाउने भएका छन् ।” 

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि आफूले पहल गरेको दाता वरिष्ठ अधिवक्ता श्रेष्ठले बताउनुभयो । कक्षा १ देखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज भएकामा अहिले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै