२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रज्ञा प्रतिष्ठानको लम्बियो पुस्तक प्रदर्शनी मेला

२०७५, ३० पुष सोमबार ०६:३७

पुस ३०,काठमाण्डौ | आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । 

राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो । अहिलेसम्म दैनिक रु २५ हजारको हाराहारीमा कारोवार भइरहेको छ । प्रतिष्ठान नाफामुखी संस्था नभएको तर यहाँको प्रकाशन धेरैको हातमा परोस् भन्ने प्रदर्शनीको उद्देश्य रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा प्रकाशन खोजमूलक र सूचनामूलक छन्, जुन धेरै पाठकका हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।” 

प्रदर्शनीमा रहेका पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ । रु दुईदेखि एक हजार ४०० सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नयाँ र पुरानासँगै विभिन्न भाषाबाट नेपालीमा अनुवादित पुस्तक छन् । नयाँ पुस्तकभन्दा धेरैले पुराना पुस्तक रुचाएको ढुङ्गेलले बताउनुभयो । इतिहासका कुरा पुराना पुस्तककै आधारमा नयाँ पुस्तकमा आउने भएकाले पाठकले पुराना पुस्तक रुचाएका हुन् । उहाँले भन्नुभयो, “पुराना पुस्तक हामीले पुनःमुद्रण गरेर पनि प्रदर्शनीमा राखेका छौँ ।” प्रतिष्ठान बर्सेनि पुस महीनामा पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)का अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएको छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने