२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती

२०७५, ३० पुष सोमबार ०७:०४

पुस ३०, काठमाण्डौ | वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गर्नुभएका महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

नेपाल महर्षि वैदिक फाउण्डेशनले यस अवसरमा आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा लाग्न आह्वान गर्नुभयो । 

विसं २०३१ मा टुँडिखेलमा आयोजना भएको प्रवचन कार्यक्रममा महर्षि महेश योगीले हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको थियो । 

कार्यक्रमममा भावातीत ध्यान शिक्षक मीनराज अधिकारीले हाल नेपालमा भइरहेको वैदिक अभियानका बारेमा जानकारी गराउनुभयो । यसैअवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा सामूहिक गुरूपूजन, भावातीत ध्यान, महर्षि महेश योगीको जीवनी र योगदानका बारेमा चर्चा भएको थियो । 

कार्यक्रममा ब्रह्मचारीद्वय आत्माराम र रामप्रसादका साथै ४० वर्षदेखि भावातीत ध्यानमग्न निकोलस वेडवर्थले महर्षि महेश योगी, भावातीत ध्यान एवं महर्षिले विश्व समुदायलाई दिनुभएको सन्देशका बारेमा प्रकाश पार्नुभएको थियो । 

संस्थाका अध्यक्ष कल्पना घिमिरेले प्रत्येक शनिबार बिहान ८ बजे ध्यान परीक्षण आयोजना गरिने भएकाले सहभागी हुन आह्वान गर्नुभयो । कार्यक्रममा ध्यान शिक्षिका एवं संस्थाका सदस्यहरू पप्पीदेवी रेग्मी, विमला शर्मा, लक्ष्मी पाण्डे, सरस्वती विष्ट, कल्पना गिरी, शकुन्तला पोख्ररेल, कल्पना अधिकारी, पयश्वनी घिमिरेलगायतले शान्ति एवं आनन्द प्राप्तिका लागि महर्षिले बाँड्नुभएको भावातीत ध्यानको ज्ञान उपयोगी हुनेमा जोड दिनुभएको थियो । 

यसैगरी विश्व शान्तिको सङ्कल्पसहित हाल देशभरका ७५ गुरुकुलमा वैदिक रुद्राभिषेक भइरहेको छ । ती गुरुकुलमा पनि महर्षि जयन्तीका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको थियो । ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीसँग दीक्षा लिई महेश योगीले विश्वव्यापीरूपमा भावातीत ध्यानको अभ्यास शुरु गराउनुभएको थियो । 

हाल विश्वका १९२ देशमा भावातीत ध्यान साधना हुने गरेको छ । ध्यानका माध्यमबाट मानसिक क्षमताको विकास, राम्रो स्वास्थ्य, अरुसँगको व्यवहारमा सुधार र विश्व शान्तिका लागि सहयोग पुग्ने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको जनाइएको छ । बिहान, बेलुका २०-२० मिनेट ध्यान गर्ने साधकले तनावबाट मुक्ति पाई आनन्द अनुभूति गर्ने, स्मरण शक्ति बढ्नेलगायत फाइदा हुने अनुभव नियमित साधना गर्ने साधकले गर्न सक्ने सो अवसरमा जानकारी गराइएको थियो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने