कृष्ण बिष्ट | माघ २, बैतडी | बैतडीको सिबनाथ गाउपालिकामा चितुवाको आक्रमणबाट बुधबार एक बालक घाइते भएका छन । बुधबार बिहान ८ बजे विद्यालय जादै गरेको अवस्थामा शिवनाथ गाउपािलका वडा नं ६ बसेडी ओल्याका धर्म सिँह धनाडीका छोरा १४ वर्षिय रबेन्द्र धनाडी चितुवाको आक्रमणबाट भाइते भएका हुन ।
पञ्चेश्वर गाउपािलका वढा नं ३ अन्तरगतको शामेश्वर माविमा कक्षा ९मा अध्यनरत १४ वषर््िाय बालकलाई शिवनाथ गाउपािलका वडा नं ६ को शिव मन्दिर पछाडी चितुवाले आक्रमण गरी घाइते बनाएको शिबनाथ गाउपसिालकाका कार्यपालिका सदस्य राजेन्द्र दयालले जानकारी दिनुभएको छ । साथी सङगै विद्यालय गइरहेका धनाडीलाई चितुवाले आक्रमण गरेको हो । चितुवाले आक्रमणबाट घाइते भएका बालकको टाउको र घाटिमा घाउ बनाएकाले मेलौलि नगरपालिका वडा नं ७ को केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाले बताउनुभयो । केशरपुर प्राथमिक स्वास्थय केनद्रका हेल्थ असिस्टेन्ट मुकेश दयालका अनुसार बालक समान्य घाइते भएकाले उपचार भइरहेको बताउनुभएको छ ।
गत पुष ११ गते पनि शिबनाथ गाउपालिकाकै वडा नं ६ कि ४८ वषर््िाया हिउकला धनाडी चितुवाको आक्रमण बाट धाइते भएकि थिइन । शिबनाथ गाउपालिका भित्र दिन प्रतिदिन चितुवाले आक्रमण गर्न थालेपछि यहाका नागरिक त्रासपुर्ण जिवन विताउन बाध्यभएका छन ।
जिल्लाको तल्लो सोराड क्षेत्रमा ०६८ साल यता २३ जानाको मृत्यु भइसकेको छ भने पचास भन्दा बढी घाइते भएका छन । ज्यान गुमाउने र घाइते हुनेमा बढी जसो महिला र बालबालिका रहेका छन ।