२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

समाचारको खोजीमा दौडिरहने पत्रकार शनिबार भने ध्यानमा मस्त

६ माघ २०७५, आईतवार ०६:२८

माघ ६, बागलुङ | सधैँ समाचारको खोजीमा दौडिरहने यहाँका पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे । 

पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो मिलाएका थिए । केही घण्टा भए पनि ध्यानमा बस्न पाउँदा पत्रकारले आत्मिक शान्ति र सुखको अनुभूति गरे । अधिकांश पत्रकारलाई त्यो पहिलो अनुभव थियो । 

“सकारात्मक ऊर्जा प्राप्त भयो”, पत्रकार विजय रानाले भन्नुभयो, “स्वस्थ शरीर र मनका लागि ध्यान अन्यन्त जरुरी रहेछ ।” उहाँले ध्यानले मानिसमा उन्नत विचार र चिन्तनको बीजारोपण गर्ने विचार राख्नुभयो । 

केन्द्रीकी सञ्चालिका ज्योत्सना शाक्य ‘मा आत्मो’ ले ध्यानले मानिसलाई मुक्तिको मार्ग देखाउने उल्लेख गर्नुभयो । लोभ, मोह, ईष्र्या कुण्ठाबाट विकृत मानव हृदयलाई स्वच्छ राख्न ध्यान जरुरी भएको उहाँको भनाइ छ । उहाँले ध्यानका विभिन्न विधिबारे अभ्यासमूलक प्रवचन दिनुभएको थियो । 

“आशोले २०० ध्यानका विधि पत्ता लगाउनुभएको छ”, शाक्यले भन्नुभयो, “हामीले ध्यानका सामान्य विधि मात्रै अपनाउन सके पनि धेरै फाइदा छ ।” उहाँले ओशो कुनै धर्म सम्प्रदायमा विभाजित नभएको प्रष्ट पार्नुभयो । 

योग, ध्यान र तनाव व्यवस्थापनबारे पत्रकारलाई प्रशिक्षित गर्न शिविर राखिएको शाखाका अध्यक्ष दिल शिरीषले बताउनुभयो । “शिविरले कार्यक्षेत्रमा ऊर्जाका साथ खट्न पक्कै बल मिलेको छ”, उहाँले भन्नुभयो, “समाजमा सकारात्मक सन्देश प्रवाह भएको हाम्रो विश्वास छ ।” 

उहाँले जुनसुकै विचार वा वादका सकारात्मक पक्षलाई ग्रहण गर्दा अन्यथा नहुने तर्कसमेत गर्नुभयो । सधैँ अरुका लागि समय दिने, भौँतारिने पत्रकारले आफै लाई खोज्न, चिन्न ध्यान शिविरले सघाएको शिरीषको भनाइ छ । 

सोही अवसरमा ओशो तपोवनका तर्फबाट पत्रकार महासङ्घलाई उपहार प्राप्त पुस्तकहरु पनि हस्तान्तरण गरिएको थियो । केन्द्रले यसअघि बागलुङ कारागारका कैदीबन्दीहरु बीच पनि ध्यान शिविर चलाएको थियो । 

योग र ध्यानका कार्यक्रमलाई विस्तार गर्दै लगिने केन्द्रका अध्यक्ष लीला खड्काले बताउनुभयो । “मानिसलाई ध्यानका बारेमा सचेतना फैलाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ रहन यसले सघाउँछ ।” ध्यान शिविर पत्रकार महासङ्घ बागलुङ शाखाको हलमा भएको थियो । शिविरमा १५ क्रियाशील पत्रकार सहभागी थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै