२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालन

६ माघ २०७५, आईतवार ०७:०२

माघ ६, गलकोट | बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ । 

धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रो बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बुर्तिवाङबाट काठमाडौँ र काठमाण्डौ बाट बुर्तिबाङका लागि दुई-दुईवटा दिवा माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको धौलागिरि अञ्जल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । 

‘‘अहिले हामी परीक्षण अवस्थामा छौँ’’, बागलुङ भगवती यातायात सेवाका अध्यक्ष दिलबहादुर पराजुलीले भन्नुभयो, “रुट परमिट प्रक्रियामा छ, रुट परमिट आइसकेपछि उपयुक्त भाडादर निर्धारण गरेर सेवालाई निरन्तरता दिन्छौँ ।” हाललाई बुर्तिबाङदेखि काडमाडौँसम्मको अस्थायी भाडादर प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको छ । 

बागलुङदेखि बुर्तिवाङसम्म ९३ किलोमिटरमध्ये बागलुङ बजारदेखि बिहुँ खण्डको २५ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको विस्तार तथा कालोपत्रे भएपछि ठूलो सङ्ख्यामा यातायातका साधान सञ्चालनमा आएपछि जिल्लाको पश्चिम क्षेत्रमा विकासले गति लिन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै