२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालन

२०७५, ६ माघ आईतवार ०७:०२

माघ ६, गलकोट | बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ । 

धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रो बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बुर्तिवाङबाट काठमाडौँ र काठमाण्डौ बाट बुर्तिबाङका लागि दुई-दुईवटा दिवा माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको धौलागिरि अञ्जल बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । 

‘‘अहिले हामी परीक्षण अवस्थामा छौँ’’, बागलुङ भगवती यातायात सेवाका अध्यक्ष दिलबहादुर पराजुलीले भन्नुभयो, “रुट परमिट प्रक्रियामा छ, रुट परमिट आइसकेपछि उपयुक्त भाडादर निर्धारण गरेर सेवालाई निरन्तरता दिन्छौँ ।” हाललाई बुर्तिबाङदेखि काडमाडौँसम्मको अस्थायी भाडादर प्रतिव्यक्ति रु एक हजार ६०० निर्धारण गरिएको छ । 

बागलुङदेखि बुर्तिवाङसम्म ९३ किलोमिटरमध्ये बागलुङ बजारदेखि बिहुँ खण्डको २५ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको विस्तार तथा कालोपत्रे भएपछि ठूलो सङ्ख्यामा यातायातका साधान सञ्चालनमा आएपछि जिल्लाको पश्चिम क्षेत्रमा विकासले गति लिन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै