२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

६ माघ २०७५, आईतवार ११:५४

माघ ६, नवलपरासी । नवलपरासीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् | शनिवार नवलपरासीको चिसापानी जंगलमा हत्या गरि फालिएको अवस्थामा उनको शव फेला परेको हो | 

जिल्लाको वर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला थरुनी चौधरीको शव शनिवार दाउरा–घाँस गएका महिलाहरुले चिसापानी जङ्गलमा देखेर प्रहरीलाई खबर गरेका थिए ।

उनलाई आफ्नै श्रीमान् सुनिल चौधरीले हत्या गरेर जङ्गलमा फालेको निजले नै स्वीकार गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

श्रीमतिको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा श्रीमान्ले हत्या गरेको स्वीकार गरेको छ । साथै श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ ।

उनका श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । 

श्रीमतिको हत्या गरे पछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए ।

त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले बताए ।

उनले कसैले बलात्कार गरेर हत्या गरेको भन्ने पार्न र आफु बच्न श्रीमतीको भित्री बस्त्र  फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेको समेत स्वीकार गरेका छन् |

बुहारीको शव लुकाउन ससुराले समेत भूमिका खेलेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । 

श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् । यद्यपि, उनले आफूलाई ‘श्रीमतिको बानी–व्यवहार ठीक नभएको’ भन्ने गरेको ती महिलाको बयान छ । महिलाको शव फेला परे लगत्तै प्रेमिकालाई सूचना दिँदै आफ्नै श्रीमानले हत्या गरेको त्यहाँको प्रहरीले पत्ता लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य