२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भतिजोले गरे खुकुरी प्रहार गरि काकीको हत्या

२०७५, ८ माघ मंगलवार ०९:२२

माघ ८, धादिङ | धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको मंगलबार बिहान खुकुरी प्रहारबाट हत्या भएको छ । 

वस्तुलाई घाँस लिन घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरको खुकुरी प्रहारबाट हत्या भएको हो ।  

घाँस काट्न घरबाट निस्किएको केही बेरमा घर नजिकै आलुबारीमा भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताएका छन् । 

भतिजोले सोमबार दिउँसो गाउँमा एकजना बोक्सी काट्ने योजना सुनाउँदै हिडेको र मंगलबार बिहान काकी नाता पर्ने मोनिकाको खुकुरीले हानेर हत्या गरेको  नरबहादुरको भनाइ छ ।

गाउँवासीले महिलालाई खुकुरीले जथाभावी काटेको देखेपछि उद्धारका लागि गएका थिए । गाउँलेहरु घटनास्थल पुग्दा आरोपित सुमन फरार भइसकेका थिए भने मोनिकाको स्वास नली काटिएर मृत्यु भइसकेको थियो । 

घटनाको अनुसन्धान सुरु गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको प्रहरीले जनाएको छ । मृतकको एक ५ वर्षीया छोरी छिन् भने उनका पति नेपाली सेनामा कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते