२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा तामा र फलाम खानीको सम्भाव्यता अध्ययन शुरु

२०७५, ८ माघ मंगलवार ११:२३

माघ ८, गलकोट | बागलुङ जिल्लाकोे एक नगरपालिकाले नगरभित्र रहेको विभिन्न खानी उत्खनन् गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन शुरु गरेको छ । बागलुङ नगरपालिकाले पुराना फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । 

खानी तथा भूगर्व विभागबाट दुई प्राविधिक टोली ल्याएर रायडाँडा र तित्याङमा रहेका पुराना तामा तथा फलाम खानीको अध्ययन थालिएको हो । प्राविधिक टोलीले रायडाँडा र तित्याङका पाँच पुराना खानीको अध्ययन गरेको थियो । 

पाँचमध्ये चारबाट तामा र एकबाट फलाम निकाल्न सकिने प्राविधिक टोलीले बताएको छ । रायडाँडाको खानी गाउँ, खानी दुला, सरलेङ्मा तामाखानी रहेको र फालाम खानी गाउँमा फलाम खानीको सम्भावना रहेको वडा नं११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । 

त्यस्तै वडा नं ९ तित्याङको अडाँडामा तामा खानीको सम्भावना रहेको प्राविधिक टोलीले बताएको छ । तामा तथा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले रु १० लाख बजेटसमेत विनियोजन गरेको थियो । 

“हामी नगरलाई कसरी समृद्ध गराउने भन्ने सोचमा छौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो । खानीबाट तामा र फलाम निकाल्न सकेमा वडाका साथै सम्पूर्ण नगर समृद्ध हुन सक्दछ । अहिले सम्भाव्यता अध्ययन गरेका खानीबाट करीब ५० वर्ष पहिला स्थानीय स्रोत तथा साधनबाट तामा र फलाम निकालिएको थियो । 

सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा खानीसम्म जाने सडक तथा आवश्यक पूर्वाधार निर्माण गरेर तामा तथा फलाल उत्पादन गर्ने नगरले लक्ष्य लिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै