४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा चट्याङ लागेर चार बालबालिकासहित ६ जना घाइते

९ माघ २०७५, बुधबार ०६:३३

माघ ९, मुसिकोट | रुकुम (पश्चिम)मा बुधबार बिहान चट्याङ लाग्दा छ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन् । 

चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन् । 

त्यस्तै जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् । चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । चट्याङ लाग्दा जीतबहादुरको चार कोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ