२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

२०७५, ९ माघ बुधबार १०:११

माघ ९, बेनी | मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । 

गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए पनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै स्वरुपमा बग्न थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले स्काभेटर प्रयोग गरी कालीगण्डकी नदीमा थुप्रिएको सुख्खा पहिरो हटाउने काम भइरहेको छ । 

आज बिहान सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले नदी थुनेको रुख काटेर थुनिएको पानीलाई बग्ने कार्य गराएका थिए । सानो पहिरोले नदीको बहावमा सामान्य बदली मात्रै आएको हुँदा तटीय क्षेत्रमा ठूलो जोखिम नरहेको म्याग्दीका प्रमुख जिल्ल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै