Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ माघ ११ गते, बिहान ६:३७ बजे
काठमाडौँ - KTM

सिरहामा यात्रुबाहक बस दुर्घटनाग्रस्त: दुई दर्जनभन्दा बढी यात्रु घाइते (तस्बिरमा हेर्नुहोस्)

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित । माघ ११, सिरहा । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।  राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको ओम लक्ष्मी डिलक्स बस आज बिहान कर्जन्हा नगरपालिका ४ स्थित भुलकियामा दुर्घटना हुँदा बसमा सबार ३१ जना यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । घाइते मध्ये अबस्था गम्भिर रहेका धनुषा नगराइन नगरपालिका वस्ने ४५ वर्षिय रामप्रताप राउतलाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ भने बिरगंजका दिपराज यादबको अवस्था चिन्ताजनक रहेकोले बाहिर पठाउने तयारी भईरहेको अस्पताल स्रोतले जनाएको छ । 

दुर्घटनामा सिरहा ९ गुलरियाका ३५ बर्षीय दिपेन्द्र यादब, जनकपुरका ९ का २० बर्षीय पुष्षा यादब, भारत मोतिहारीका राजाबाबु पटेल, धनुषा नगराइन नगरपालिका ५ का २५ बर्षीय अनिता राउत, सबैला नगरपालिकाकी ३५ वर्षिय निर्मला देवी राउत, कर्जन्हा नगरपालिका ११ की २० बर्षीय कविता महतो, मिर्चैया नगरपालिकाको २८ बर्षीय राकेश कुमार यादव लगायत दुई दर्जनभन्दा बढी घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका प्रहरी नायब निरिक्षक अजुर्न पौडेलले बताए । घाइते मध्ये २८ जनाको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हा, एक जनाको मंगलम हस्पिटल मिर्चैया र चालकको कमलामाई हस्पिटल बन्दिपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको उनले बताए ।  

द्रुतगतिमा रहेका बसको स्ट्रीङ्ग फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसंधानमा देखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका बस पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । घाइते मध्ये अधिकांश धनुषाको रहका छन् । 

यता, कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले पैसाको अभावले कसैको उपचार नरोकिने बताए । पैसाको अभाव भएका बिरामीलाई नगरपालिका सहयोग गर्ने प्रमुख पासमानले बताए ।