२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पत्रकार इच्छुकको गाउँमा सञ्चार सङ्ग्रहालय बनाइने

१३ माघ २०७५, आईतवार ०१:१७

माघ १३, घोराही (रासस) | स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नाममा पत्रकार महासङ्घले इच्छुक सङ्ग्रहालय निर्माण गर्ने भएको छ । त्यहाँ पत्रकारका लागि चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिनेछ भने पत्रकार र पत्रकारितासँग जोडिएका इतिहाससमेत समावेश गरिनेछ । पत्रकार महासङ्घ प्रदेश ५को अगुवाइमा सङ्ग्रहालय स्थापना गरिने महासङ्घले जनाएको छ । 

पत्रकार महासङ्घ प्रदेश ५ले शुक्रबार र शनिबार दुई दिनसम्म अर्घाखाँचीको सितगङ्गा नगरपालिका–८ जलुकेमा आयोजना गरेको ‘सङ्घीय संरचनामा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश ५का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीद इच्छुकको नाममा सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताएपछि महासङ्घ उक्त कार्यका लागि हौसिएको हो । मुख्यमन्त्री पोखरेलले स्व इच्छुक एक अध्ययनशील व्यक्ति भएकाले उहाँको नाममा सञ्चार सङ्ग्रहालयको पहल थालिनु गौरवको काम हो भन्नुभयो । 

पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मुख्यमन्त्री पोखरेल, प्रदेश सांसद इन्द्रतिज थारु, सितगङ्गा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी एवम् त्यहाँका वडाध्यक्षले स्थलगत अध्ययन गरेर त्यसका लागि काम शुरु गर्ने भने पछि महासङ्घले पनि यसका लागि प्रक्रिया शुरु गर्ने गरी निर्णय गरिसकेको जानकारी दिनुभयो ।

इच्छुक सङ्ग्रहालयमा इच्छुकको नाममा स्मृति पार्क, सालिक बनाइने छ भने सञ्चार भवन निर्माण गरी सञ्चारसँग सम्बन्धित सबै विषयवस्तु राखिने छ । 

महासङ्घ अध्यक्ष आचार्यका अनुसार पत्रकारलाई आवश्यक पर्ने तालीम केन्द्र, बस्नका लागि आवास, पत्रकारका लागि अध्ययन सामग्री पनि राखिनेछ । 

सङ्ग्रहालय निर्माणका लागि पत्रकार महासङ्घ प्रदेश ५का प्रमुख मौसम रोकाको संयोजकत्वमा समिति गठन गरेर काम अगाडि बढ्ने छ । इच्छुकको गाउँ राप्तीको किनारामा भएको हुँदा सङ्ग्रहालय निर्माण पछि उक्त क्षेत्र निकै राम्रो पर्यटकीय क्षेत्र बन्ने सम्भावना देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ