२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

च्याउखेतीबाट मनग्य आम्दानी गर्छन महोत्तरीका भुजेल

२०७५, १४ माघ सोमबार ०९:०८

माघ  १४, बर्दिवास | काममा लगन र समर्पण भएपछि कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ महोत्तरीको बर्दिवास नगरपालिका–२ हङकङ डाँडाका दीपक भुजेल । बाली नसप्रिने गेगयान जग्गामा ४५ वर्षीय भुजेलले १० टनेलमा च्याउखेती गर्दै आउनुभएको छ । 

दुई वर्ष अघिसम्म भुजेललाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता हुन्थ्यो । घरखर्चका लागि उहाँ अब आफ्नो व्यवसायप्रति ढुक्क हुनुहुन्छ । च्याउखेतीका कारण अहिले उहाँले नाम र दाम पाउनु भएको छ । “च्याउखेती गरेदेखि कुनै कुराको अभाव खट्केको छैन,” भुजेल भन्नुहुन्छ । दुई वर्षअघि कामको खोजीमा काठमाडौँ पुग्नुभएका भुजेलले ललितपुरको गोदावरी–१४ ठैबमा च्याउखेती गरेको देखेपछि यस व्यवसाय हात हाल्नु भएको हो । 

“छोराछोरीको पढाइ खर्च यसैबाट धानेको छु, घरको खर्च राम्रैसँग चलेको छ,” उहाँले भन्नुभयो, “वार्षिक रु पाँच लाखसम्म बचत हुन्छ ।” दश टनेलमा राखिएका तीन हजार २१२ पोकामा अहिले दैनिक ७०० किलो च्याउ उत्पादन हुने गरेको छ । भुसको पोका राखेर कैयौं पटक उत्पादन लिन सकिने भुजेल बताउनुहुन्छ । उहाँले टिसुकल्चर, ठोडिटा, ८३५, ५३ सहितका जातको च्याउखेती गर्र्दै आउनु भएको छ । च्याउ खरिद गर्न व्यापारी घरमै आउने गरेका छन् । प्रतिकिलो रु १५० मा च्याउ बिक्री गर्दै आएको भुजेलले बताउनुभयो । पराल, पानी राख्ने ड्रम, पराल काट्ने औजार र परालको भुसलाई पोको पारी च्याउखेती गर्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै