२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बोतलको पानी उत्पादनमा रोक

१६ माघ २०७५, बुधबार ०९:०६

माघ १६, बलेवा | ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ । 

खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले चारवटै कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो । निर्देशिका पालना नगर्नेमा बागलुङका दुई र पर्वतका दुई कम्पनी रहेका छन् । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीमा बागलुङको महालक्ष्मी मिनिरल वाटर एन्ड वेवरेजद्वारा उत्पादित कालीका पानी, कार्की मिनिरल वाटर गल्कोटद्वारा उत्पादित ‘कार्की पिउने पानी, पर्वतको मुक्तिनाथ फुट एन्ड वेवरेज प्रालि र कर्मचार्य ब्रदर्श मिनिरल वाटर एन्ड वेवरेज इन्डष्ट्रिज रहेका छन् । 

कार्यालयले अनुगमन गर्दा निर्देशिका पालना नगरेको पाइएकाले उत्पादन बन्द गर्न निर्देशन दिइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिनुभयो । निर्देशिका कार्यान्वयन नगर्ने कम्पनीको अनुमतिपत्र नवीकरण नगर्नेदेखि कारवाहीका लागि सिफारिश गर्नेसम्मको प्रक्रिया थालनी भएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै