२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच महिनामा ५० भन्दा बढी हिंसाका उजुरी: प्रहरी

१५ मंसिर २०७२, मंगलवार १०:४४

मंसीर १५, पर्वत । पर्वत जिल्लामा पाँच महिनामानै ५० भन्दा बढी विभिन्न प्रकृतिका हिंसाका उजु्री परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको सहयोगमा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत सातौ दिन गरेको हिंसा न्युनिकरण एवम् अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम प्रनाउ गंगा पन्तले प्रस्तुत गरेको प्रतिबेदनले जिल्लामा ५० भन्दा बढी हिंसाका घटनाहरु प्रहरीमा उजरी परेको देखाएको छ ।

घरेलु हिंसाका साउनमा ६, भाद्रमा १२, आश्विनमा ११, कात्र्तिकमा १ र मंसिरमा ३ गरी ३३ वटा घरेलु हिंसाका उजुरी परेको तथ्याङ्कले देखाएको छ जसमध्ये २० वटा घरेलु हिंसाको मिलापत्र भएको देखाइएको छ । त्यसैगरी ठाडो उजुरी तर्फ भाद्रमा ५, असोजमा ३, कात्र्तिकमा ३ र मंसिरमा १ गरी ११ वटा घटना दर्ता भएको र जसमध्ये ११ वटै समधान भएको देखाइएको छ त्यसैगरी आर्थिक बर्षमा जिल्लामा १७ जना महिला र १० बालिका र ३ बालक हराएको घटना दर्ता भएको प्रहरीसँग तथ्याङ्क छ ।

जसमध्ये ८ महिला ३ बालक र बालिका सहित १ मृत बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । प्रहरीको तथ्याङक हेर्दा भाद्र महिनामा हिंसाका घटना बढेको देखाइएको भने आसोजमा २ ले घटेको छ । प्रहरी नायव उपरिक्ष गंगा पन्तले जिल्लामा महिला हिंसाका घटना प्रहरीमा दर्ता गराउन आउने तर पछि आफै मिलापत्र भयो भनि दर्ता नगर्ने वा फिर्ता लिने भन्दै आउने गरेको समेत बताईन । प्रहरीमा घटनाको दर्ता गराउन आउँदा उल्टै प्रहरीबाट संकट पैदा हुने हो की भन्ने डरले पनि घटना दर्ता गर्न आउनेको संख्यामा पनि कमी भएको हो की भन्ने प्रहरीको अनुमान रहेको उनको भनाई थियो ।

दुई बर्षमा २३ घटना दर्ता
महिला तथा बालबालिका कार्यालयमा दुइ बर्षमा २३ वटा हिंसाका घटना दर्ता भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारीले बताएकी छिन् । पर्वत जिल्लामा दुइ बर्षको अवधीमा विभिन्न प्रकृतिका २३ वटा घटना दर्ता भएको उनको भनाई छ । आर्थिक बर्ष २०७२÷७३ को पाँच महिनाको अन्तरालमा कुनै पनि हिंसाका घटना महिला तथा बालकालिका कार्यालयमा दर्ता नभएको अधिकारीले जानकारी दिईन । “ आ.वमा कुनै पनि हिंसाका घटना दर्ता भएका छैनन् तर दूइ वटा मौखिक घटना आएको छ” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…