२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच महिनामा ५० भन्दा बढी हिंसाका उजुरी: प्रहरी

२०७२, १५ मंसिर मंगलवार १०:४४

मंसीर १५, पर्वत । पर्वत जिल्लामा पाँच महिनामानै ५० भन्दा बढी विभिन्न प्रकृतिका हिंसाका उजु्री परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा जिल्ला बिकास समितिको कार्यालय पर्वतको सहयोगमा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत सातौ दिन गरेको हिंसा न्युनिकरण एवम् अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम प्रनाउ गंगा पन्तले प्रस्तुत गरेको प्रतिबेदनले जिल्लामा ५० भन्दा बढी हिंसाका घटनाहरु प्रहरीमा उजरी परेको देखाएको छ ।

घरेलु हिंसाका साउनमा ६, भाद्रमा १२, आश्विनमा ११, कात्र्तिकमा १ र मंसिरमा ३ गरी ३३ वटा घरेलु हिंसाका उजुरी परेको तथ्याङ्कले देखाएको छ जसमध्ये २० वटा घरेलु हिंसाको मिलापत्र भएको देखाइएको छ । त्यसैगरी ठाडो उजुरी तर्फ भाद्रमा ५, असोजमा ३, कात्र्तिकमा ३ र मंसिरमा १ गरी ११ वटा घटना दर्ता भएको र जसमध्ये ११ वटै समधान भएको देखाइएको छ त्यसैगरी आर्थिक बर्षमा जिल्लामा १७ जना महिला र १० बालिका र ३ बालक हराएको घटना दर्ता भएको प्रहरीसँग तथ्याङ्क छ ।

जसमध्ये ८ महिला ३ बालक र बालिका सहित १ मृत बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । प्रहरीको तथ्याङक हेर्दा भाद्र महिनामा हिंसाका घटना बढेको देखाइएको भने आसोजमा २ ले घटेको छ । प्रहरी नायव उपरिक्ष गंगा पन्तले जिल्लामा महिला हिंसाका घटना प्रहरीमा दर्ता गराउन आउने तर पछि आफै मिलापत्र भयो भनि दर्ता नगर्ने वा फिर्ता लिने भन्दै आउने गरेको समेत बताईन । प्रहरीमा घटनाको दर्ता गराउन आउँदा उल्टै प्रहरीबाट संकट पैदा हुने हो की भन्ने डरले पनि घटना दर्ता गर्न आउनेको संख्यामा पनि कमी भएको हो की भन्ने प्रहरीको अनुमान रहेको उनको भनाई थियो ।

दुई बर्षमा २३ घटना दर्ता
महिला तथा बालबालिका कार्यालयमा दुइ बर्षमा २३ वटा हिंसाका घटना दर्ता भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारीले बताएकी छिन् । पर्वत जिल्लामा दुइ बर्षको अवधीमा विभिन्न प्रकृतिका २३ वटा घटना दर्ता भएको उनको भनाई छ । आर्थिक बर्ष २०७२÷७३ को पाँच महिनाको अन्तरालमा कुनै पनि हिंसाका घटना महिला तथा बालकालिका कार्यालयमा दर्ता नभएको अधिकारीले जानकारी दिईन । “ आ.वमा कुनै पनि हिंसाका घटना दर्ता भएका छैनन् तर दूइ वटा मौखिक घटना आएको छ” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन