२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रत्येक सफल कामको पछाडी महिलाको हात हुन्छ: प्रवउ जोशी

१५ मंसिर २०७२, मंगलवार १०:४७

मंसिर १५, पर्वत । “प्रत्येक सफल कामको पछाडी महिलाको हात” हुने धौलागिरी प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक छविलाल जोशीले बताएका छन् । महिलाकै कारण पुरुषले सफलता हासिल गरेको बताउँदै जोशीले लिङ्गका आधारमा गरिने हिंसा महापाप भएको बताए । प्रहरीको तथ्याङकमा महिला हिंसाका घटना बढेको देखिएता पनि बास्तविक त्यस्तो नरहेको र महिला हिंसाविरुद्धमा महिला सचेत भै आवाज उठाउन र न्यायको खोजी गर्न थालेको उनले बताए ।

पछिल्लो समयमा प्रहरी संगठनभित्र रहेका केही व्यक्तिले महिला हिंसा गरेको स्वीकार गर्दै त्यस्ता व्यक्तिलाई “दूधबाट माँखो” निकाले फाले जसरी नै फाल्ने उनको तर्क छ । प्रहरी र जनताको सम्बन्ध पछिल्लो समयमा घनिष्ट हुदै गएको बताउँदै जोशीले अब नागरिकले प्रहरीलाई समाजमा कसरी व्यवस्थीत रुपमा शान्ति सुरक्षा स्थापना गर्दा सहज हुन्छ त्यही अनुरुप प्रहरीलाई परिचालन गर्न सकेमा कार्य गर्न सहज हुने बताए ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लामा रहेका विभिन्न संघसंस्थाका महिलाहरु सहभागी भएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले महिला हिंसाका घटना दर्ता गर्न खोज्दा महिला थप पीडित हुनुपर्ने बाध्यता रहेको जिकिर गरे । बक्ताले एउटै प्रकृतिको मुद्दामा पनि सरकारी वकिल र वकिल विच पनि भिन्नता हुने रहेको बताए । सरकारी वकिलले लडेका मुद्दा हार्ने र अन्य वकिलले लडेका मुद्दा जित्ने गरेको बताए ।

त्यसैगरी प्रहरीभित्र पनि महिला हिंसाको जालो मौलाएको वक्ताले आरोप लगाए । प्रहरी संगठन भित्र रहेका व्यक्तिहरुले बहुविवाह गर्ने र उजुरी गर्न खोज्दा उल्टो मार्ने धम्की दिने तथा प्रलोभनमा पार्ने गरेको समेत बताए । मानवअधिकार कर्मी सिता केसी, सामुदायिक प्रहरी सेवा केन्द« उपाध्यक्ष सरिता भण्डारी , संचारकर्मी सरस्वती शर्मा , समाजसेवी अमुना आचार्य, मनरुपा सुबेदी, सिता परियार, केशा परियार र मुस्लिम समाजबाट करिना खातुनले लैङगिक हिंसा बारे आआफ्नो भनाइ राखेका थिए भने उक्त अन्तरक्रिया कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक बिकास तिमिल्सेना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…