२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका आमाहरुले सुत्केरी भत्ता पाएनन्

१९ माघ २०७५, शनिबार ०७:०७

बैतडीका आमाहरुले सुत्केरी भत्ता पाएनन्

माघ १९, बैतडी । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् । 

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत रु दुई हजार र सरकारको मापदण्ड अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु आठ सय चालू आर्थिक वर्षमा वितरण हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको हो । 

जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् । 

सुत्केरी भत्ता समयमै वितरण गर्न नसक्दा सुत्केरी आमा रिसाउने गरेको चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै पाउनुपर्ने सुत्केरी भत्ता वितरण गर्न नसक्दा अब गाउँगाउँ गएर वितरण गर्नुपर्ने भएकाले समस्या हुने उहाँले बताउनुभयो । 

यस्तै पुर्चौंडी नगरपालिकाले गएको वैशाखदेखि सुत्केरीभत्ता वितरण गर्न सकेको छैन् । सुत्केरीका लागि आएको रकम अपुग भएकाले समयमै वितरण गर्न नसकिएको पुर्चाैंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिनुभयो । 

स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम कम आएकाले वितरण गर्न नसकिएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताउनुभयो । 

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत आमाले रु एक हजार पाउने गरेकोमा चालू आर्थिक वर्षमा त्यसलाई बढाएर रु दुई हजार पाउने व्यवस्था गरेको थियो । तर सुत्केरीले पाउने भत्ता गत वर्षको भन्दा कम निकासा भएको स्थानीय तहले जनाएका छन् । सुत्केरी भत्ता नपाउँदा सेवाग्राही भने रुष्ट बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो