२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेरीगंगामा स्वास्थ्य हेल्प डेस्क सेवा शुरु

२२ माघ २०७५, मंगलवार ०२:४३

माघ २१, सुर्खेत । भेरीगंगा नगरपालिकामा हेल्प डेस्क सेवा शुरु गरिएको छ । नगरपालिका परिसरमै स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिने उदेश्यले हेल्थ डेस्क सेवा सोमबारदेखी शुभारम्भ गरिएको हो ।


नगरपालिकामा आउने सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्ने हेतुले स्वास्थ्य हेल्प डेस्क सेवाको थालनी गरिएको भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्य ढकालले जानकारी दिइन् । ‘नागरिकहरुलाई स्वस्थ रहन सचेतना जगाउने प्रमुख दायित्व नगरपालिकाको पनि हो’ आचार्यले भनिन्, ‘नगरपालिकामा पुग्ने हरेक सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सम्बन्धि सेवाहरु उपलव्ध गराइने छ ।’ बदलिदो मौसमअनुसार लाग्ने विभिन्न रोगहरुका बारेमा समेत सेवाग्राहीहरुलाई सजक गराउन हेल्प डेस्कले सहयोग पुग्ने अपेक्षा ढकालको छ । कतिपय नागरिकहरु रोग लुकाएर बस्ने गरेकाले उनीहरुलाई उपचारको पहुँचमा पु¥याउन स्वास्थ्य हेल्प डेस्कले मदत पुग्ने ढकालले उल्लेख गरिन् । ‘ग्रामिण बस्तीका महिलाहरु क्यान्सर, पाठेघर जस्ता समस्याबाट पीडित हुनुहुन्छ’ ढकालले भनिन्, ‘उहाँहरुलाई समयमै स्वास्थ्यसम्बन्धि परामर्श दिनमा हेल्प डेस्कबाट सहयोग पुग्नेछ ।’ हेल्थ डेस्कबाट ब्लड प्रेसर, नाडीको जाँच, बजन, उचाई, ग्लुकोजको जाँच, उचित परामर्श, प्राथमिक उपचार, विशेषज्ञ सेवा, विशेषज्ञ अस्पतालहरुका बारेमा सेवाग्राहीहरुलाई उपयुक्त ठाउँका बारेमा जानकारी दिइने छ । हेल्प डेस्क नगरपालिकामा नियमित रुपमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । हेल्प डेस्कमा अहेब विमल रावतले सेवाग्राहीहरुको स्वास्थ्य जाँच र उनीहरुलाई स्वास्थ्य सम्बन्धी थप परामर्श दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो