२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङ नेकपामा खैलाबैला ! पार्टी परित्याग गर्नेको लर्को

२३ माघ २०७५, बुधबार १७:०५

माघ २३, खोटाङ | चार दिन अगाडी खोटाङ नेकपाका युवा उद्यमी कांग्रेस प्रवेश गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङमा मिरमिरे मिनरल वाटर उद्योग सञ्चालन गरिरहेका पुर्व माओबादी निकट शेर्पा मुक्ती मोर्चाका जिल्ला अध्यक्ष फुर्वा शेर्पा गत आईतबार (माघ २०) कांग्रेसमा प्रवेश गरे ।

त्यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट नयाँ शक्तिका वडाध्यक्षका उम्मेद्वारसहित सहित झण्डै दुइ दर्जनबढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरे । वर्तमान अवस्थामा नेकपाको काम कारवाहीप्रती असन्तुष्ट र विपक्षी पार्टीको आस्था र विचार मन परेको भन्दै उनीहरुले पार्टी परित्याग गरेको बताएका थिए । पछिल्लो समयमा नेकपालाई कार्यकर्ताले कुन वेला पार्टी परित्याग गर्छन भन्नेमा दुविधा छ । देखिन्छ ?

यस्तै, बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्वगाबिस अध्यक्ष अञ्चल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । नेकपामा क्रियासिल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । संघीय समाजबादी फोरमको दिक्तेलस्थित पार्टी कार्यालयमा भएको जिल्ला कमिटिको बैठकमा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईले अञ्चललाई पार्टी प्रवेश गराएका छन् । 

२०४९ सालमा तत्कालिन कांग्रेसबाट गाबिस अध्यक्ष बनेका अञ्चल, पुर्वमाओबादी निकट जनप्रगतिशिल मञ्च बहराईनका पुर्वसंयोजक नगेन्द्रराज चामलीङ र चाम्लिङ खाम्मात्तिम जिल्ला अध्यक्ष तथा पुर्व शिक्षक संघका जिल्ला सदस्य रामधन राई पार्टी प्रवेश गरेको संघीय समाजबादी फोरम खोटाङका कोषाध्यक्ष निर्मल राईले बताए । 


तश्वीरमा: पार्टी प्रवेश गराउदै संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य डा. केके राई । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य