९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

२४ माघ २०७५, बिहीबार ११:५२

माघ २४, सिन्धुली (रासस) | फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार सख्त घाइते हुनुभएको छ । थप उपचाकार लागि सख्त घाइते ६६ वर्षीया माया विश्वकर्मा र ३८ वर्षीय दीपक श्रेष्ठलाई पनि थप उपचारका लागि धुलिखेल पठाइएको उहाँले जानकारी दिनुभयो । अन्य घाइते सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फिक्कलको महादेवडाँडा भन्ने स्थानबाट सिन्धुलीतर्फ आउँदै गरेको वा १५ च ९४२२ नम्बरको डबलक्याप बोलेरोे दुर्घटना भएको हो ।

बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालेरो सडकबाट २०० मिटर तल खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण