२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिमपातका कारण हुम्लाका ९० घरधुरी अन्धकारमा

२८ माघ २०७५, सोमबार ०८:१०

माघ २८, हुम्ला । लामो हिमपातसँगै जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत स्याडा गाउँमा तीन हप्ता विद्युत् बन्द हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका छन् । 

सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा ९० घरधुरीले हिल्दुम वितरण केन्द्रबाट वितरित विद्युत् सेवा लिँदै आएको स्थानीय भक्तवीर परियारले बताउनुभयो । स्याडा गाउँका स्थानीय नागरिक मिलेर सिमकोटमा रहेको विद्युत् केन्द्रको कार्यालयमा विद्युत् अवरुद्ध भएको बारेमा जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको परियारले बताउनुभयो । 

जलविद्युत् केन्द्र हिमपातका कारण सिमकोटबाहेक अन्य गाउँमा वितरित लाइन काटेको बताउँदै आएको छ । हिमपातका कारण कुन ठाउँमा बिग्रिएको छ हेर्न नसकिएको विद्युत् कार्यालयका प्रशासन प्रमुख यमप्रकाश खड्काले बताउनुभयो । 

पाँच सय किलोवाट रहेको हिल्दुम वितरण केन्द्रले अहिले सिमकोट बजारमा १४ घण्टा विद्युत् भार कटौती गर्दै आएको छ । हिउँद महीनाको मङ्सिर लागेदेखि उक्त केन्द्रले २५० किलोवाट विद्युत् आपूर्ति गर्दै आएको प्रशासन प्रमुख खड्काले बताउनुभयो । 

हिल्दुम वितरण केन्द्रले दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती गर्दै आउनाले सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय, बजार व्यवसायलगायत विद्युत्बाट हुने काम प्रभावित हँुदै आएका छन् । विद्युत् मर्मत नहुँदा अहिले स्याडाका स्थानीय दियालोको सहायतामा भर पर्दै आएको परियारले बताउनुभयो । 

एसइई प्रभावित 

विद्युत कटौतीले चैतमा एसइई दिन सिमकोटमा ट्युसन लिँदै आएका विद्यार्थीलाई पनि समस्या बनाएको छ । 

कोठा लिएर विद्युत्को सहारामा ट्युसन लिँदै आएका विद्यार्थीलाई दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती हुँदा, रातिको समय पढ्न, खाना पकाएर खानसमेत समस्या भएको विद्यार्थी अमृत रोकायाले बताउनुभयो । 

“बिहान ट्युसन जानुपर्छ, दिउँसो कक्षा लिएर फर्कंदा बत्ती गएको हुन्छ, खाना खाने समय नै हुँदैन, कोठा लिएर बसेका हुन्छौँ, आगो बाल्ने चुलो हुँदैन, उता बत्ती पनि आएको हँुदैन”, एसइईको तयारी गर्दै आएका विद्यार्थी रोकायाले भन्नुभयो । वर्षेनी लाखौँ रकम खर्च गरेर विद्युत् मर्मत गरे पनि हिउँद शुरु भएसँगै हुम्लामा विद्युत् विद्यार्थीको बाधक बन्दै आएको छ । 

तीन दिनको लामो हिमपातपछि सिमकोटमा विद्युत् वितरण केन्द्रले राति ७ बजेदेखि विद्युत् लाइन बन्द गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान